वैशाख १७,२०८३ / १२ : ३३ पूर्वान्ह / 2026-04-30 12:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      धानमा आत्मनिर्भरता कथा मात्रै, ६ वर्षमा १ खर्ब ३१ अर्बको आयात

      - ७ वर्ष अगाडि
      श्रावण २६,२०७५

      काठमाण्डौ, आयातमुखी अर्थतन्त्रका कारण नेपालको अर्थतन्त्र मजबुत बन्न सकेको छैन । अधिकांश वस्तुको आयात वर्षेनी बढ्दै गएको छ । पछिल्लो ६ वर्षको अवधिमा धानको आयात दोब्बरले बढेको छ । ६ वर्षको अवधिमा १ खर्ब ३१ अर्ब ६७ करोड रुपैयाँको धान आयात भएको हो ।

      सरकारले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रम घोषणा गरे पनि प्रभावकारी कार्यान्वयन नहुँदा धान आयातको मात्रा हरेक वर्ष बढ्दै गएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार ६ वर्षको अवधिमा १ खर्ब ३१ अर्ब ६७ करोड रुपैयाँको धान आयात भएको छ । मन्त्रालयका अनुसार २०६९÷७० मा ४५ लाख ४ हजार ५ सय ३ लाख टन उत्पादन भएको थियो । तर, माग ५१ लाख ७१ हजार ६ सय २२ टनको थियो । 

      माग पूर्ति गर्न थप ६ लाख ६७ हजार १ सय १९ टन आयात भएको जनाएको छ । माग क्रमशस् बढेर आर्थिक वर्ष २०७४÷७५ मा ५८ लाख ८९ हजार ३ सय ८४ टन पुगेको थियो । तर, उत्पादन ५१ लाख ५१ हजार ९ सय २५ टन मात्रै थियो । माग धान्नै गत आर्थिक वर्षमा ७ लाख ३७ हजार ४ सय ५९ टन धान आयात भएको प्रतिवेदनमा उल्लेख छ । स्वदेशमा उत्पादित धान विदेश गएको चर्चा चलेपछि मन्त्रालयले अध्ययन टोली गठन गरेको थियो । 

      मन्त्रालयका अनुसार अध्ययन र विश्लेषणले स्वदेशमा उत्पादित धान भारत जाँदैन भन्ने पुष्टि गरेको छ । सीमा मूल्यको विश्लेषण गर्दा नेपालमा प्रतिकिलो २—३ रुपैयाँ महँगो पर्छ । अधिकारीको अनुसार सरकारले पर्याप्त मात्रामा रासायनिक मल वितरण गर्न नसक्दा उत्पादन बढ्न सकेको छैन । आयातित धानमध्ये ५० प्रतिशत भारतबाट र ४० प्रतिशत जापानबाट आयात भएको छ । जापानबाट भने अनुदानमा चामल आयात हुने गरेको जनाइएको छ ।

      यस्तै १० प्रतिशत थाइल्यान्डबाट आयात भएको प्रतिवेदनमा उल्लेख छ ।हाल सरकारले धान उत्पादन बढाउन सतह सिँचाइ, भूमिगत सिँचाइ, डिप टयुवेल, स्यालो टुयवेल सोलार सिँचाइ र्पुयाइने योजना सार्वजनिक गरेको छ । ५ वर्षमा भने कम्तीमा ७५ प्रतिशत खेतीयोग्य क्षेत्रफल हासिल गर्ने मन्त्रालयको दाबी छ। प्रतिवेदनअनुसार ०७३–७४ मा १० लाख ८६ हजार १ सय ७७ टन धान आयात भएको थियो । उक्त धान खरिदमा २३ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ बिदेसिएको जनाइएको छ । २०७२÷७३ मा ७ लाख ४४ हजार ७ सय ६४ टन आयात भएको थियो । 

      उक्त धान खरिदमा २२ अर्ब ८० करोड रुपैयाँ बिदेसिएको जनाइएको छ । २०७१÷७२ मा २५ अर्ब २५ करोड रुपैयाँ बराबारको ११ लाख ८९ हजार ४ सय ८२ टन धान आयात भएको उल्लेख छ । यस्तै २०७०र७१ मा १६ अर्ब ९३ करोडको ८ लाख ६१ हजार ५ सय ८३ टन आयात । २०६९÷७० मा १३ अर्ब ४४ करोड रुपैयाँको ६ लाख ६७ हजार १ सय १९ टन आयात भएको तथ्यांकमा छ ।

      मुलुकलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानबीच सम्झौता भएको छ । सम्झौताअनुसार पाँच वर्षे कार्ययोजनामा ७ वटा विषयअन्तर्गत १६ वटा सम्भावित मुख्य परियोजना रहेका छन् । 

      जसले पाँच वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने लक्ष्य राखिएको छ । सम्झौताअनुसार काम हुने हो भने धान आयातको अन्त्य हुने थियो ।

        सम्बन्धित समाचारहरु