कृषी
संसदीय उपसमितिले गर्दै छ यस्तो स्थलगत भ्रमण
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिअन्तर्गतको वन तथा वातावरण उपसमितिले चितवन राष्ट्रिय निकुञ्जले ढाकेको क्षेत्र मध्यवर्ती क्षेत्र आसपासमा बसोवास गर्ने स्थानीय जनताको भावना बुझ्न स्थलगत भ्रमणमा जाने निर्णय गरेको छ ।
कृषि विभागले कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने
कृषि विभागले कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराई उत्पादनमा सहयोग गर्ने उद्देश्यले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र बिपी राजमार्ग आसपास क्षेत्रका कृषक लक्षित आयोजना सञ्चालनमा ल्याएको छ ।
कृषकलाई अनुदानमा जैविक मल र दाना वितरण
कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ ।
‘समृद्धिको आधार, कृषिमा पुर्वाधार’
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको समृद्धिका आधार कृषि, पर्यटन, उद्योग र व्यापार भएको बताएका छन् ।
१५५ को सामूहिक महिलाले ५४ रोपनी जग्गामा लगाए आलु र लसुन खेती
पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका छन् ।
व्यवसायी तरकारी खेतीमा मलको प्रयोगबारे किसानहरुलाई तालिम
आयुमी हिमालयन एग्रो लिमिटेडले व्यवसायी तरकारी खेतीमा मलको प्रयोगबारे भक्तपुरका किसानहरुलाई एक दिने तालिम दिएको छ ।
चीनबाट गाई ल्याउने निर्णयविरुद्ध चितवनका किसान
प्रदेश सरकारले चाइनाबाट गाई ल्याउने तयारी गरेपछि चितवनका किसानले विरोध जनाएका छन् । गण्डकी प्रदेश सहित प्रदेश नम्बर २ र ३ को सरकारले चाइनाबाट १० हजार वटाका दरले गाई भित्र्याउन लागेको भन्दै चितवनका किसानहरुले विरोध जनाएका हुन् ।
कृषिलाई व्यावसायीकरण गर्न झापामा ‘सुपारी जोन’ कार्यक्रम
कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ ।
कृषि क्षेत्रको निति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विज्ञहरुको आशंका
संघीय संरचना अनुरुप तीन तहको सरकारमा बाँडफाँड गरिएको कृषि क्षेत्रको निति तथा कार्यक्रम कार्यान्वयनमा कृषि क्षेत्रका विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।
कृषि बजारको भवन बन्दै, सडकमा फलफूल तथा तरकारी बिक्री गर्ने कार्य अन्त्य हुने
तुलसीपुर उपमहानगरपालिकाले आधुनिक फलफूल तथा तरकारी बजार भवनको निर्माण गर्ने भएको छ । तुलसीपुर उपमहागनरपालिकाका प्रमुख घनश्याम पाण्डेले शनिबार भवनको शिलान्यास गदै भवन निर्माणसँगै अब सडकमा फलफूल तथा तरकारी बिक्री गर्ने कार्य अन्त्य हुने बताए ।








