वैशाख २३,२०८३ / ०३ : ०३ अपरान्ह / 2026-05-06 03:03 pm
      • param ad
      • furniture
      • veera Incorporation

      व्यवसायी तरकारी खेतीमा मलको प्रयोगबारे किसानहरुलाई तालिम

      - ७ वर्ष अगाडि
      मंसिर ८,२०७५

      काठमाडौं, आयुमी हिमालयन एग्रो लिमिटेडले  व्यवसायी तरकारी खेतीमा मलको प्रयोगबारे भक्तपुरका किसानहरुलाई एक दिने तालिम दिएको छ ।

      संस्थाले आज भतmपुरको कमलबिनायकका कृषकहरुलाई व्यवसायीक तरकारी खेतीमा  जैविक मलको प्रयोगबारे तालिम दिएको हो । कार्यक्रममा गैर आवासिय नेपाली संघ ( एनआरएन) का पूर्व अध्यक्ष एवम अग्र्यानिक कृषीका अभियन्ता  देवमान हिराचनले पछिल्लो समय तरकारीमा विषादी मलको प्रयोग र रासायनिक मलको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा हानी पु¥याइरहेकाले जैविक मलको प्रयोग बढाउन सुझाव दिए ।

      नेपालमा धेरैजसो  खेती गरिएका जमिनमा रासायनिक मलको  प्रयोग बढि भैरहेकाले माटोको उर्वराशक्ति घटिरहेको उनले बताए । उतm तालिममा कृषकहरुलाई दीगो उत्पादन र माटोको उर्वराशक्ति बढाउनको लागि र विषादी मुक्त तरकारी उत्पादनको लागि जैविक मलको प्रयोग गर्नुपर्नेमा सचेत गराइएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d