वैशाख २३,२०८३ / ०३ : ०३ अपरान्ह / 2026-05-06 03:03 pm
      • param ad
      • furniture
      • veera Incorporation

      चीनबाट गाई ल्याउने निर्णयविरुद्ध चितवनका किसान

      - ७ वर्ष अगाडि
      मंसिर २,२०७५

      चितवन, प्रदेश सरकारले चाइनाबाट गाई ल्याउने तयारी गरेपछि चितवनका किसानले विरोध जनाएका छन् । गण्डकी प्रदेश सहित प्रदेश नम्बर २ र ३ को सरकारले चाइनाबाट १० हजार वटाका दरले गाई भित्र्याउन लागेको भन्दै चितवनका किसानहरुले विरोध जनाएका हुन् ।

      नेपालमा नै उन्नत जातका गाईहरु उत्पादन भइरहेको अवस्थामा चाइनाबाट कमिशनको लागि गाई भित्र्याउन लागिएको किसानको आरोप लगाए । किसानहरुले उत्पादन गरिरहेको दूध नै बिक्री नभएको अवस्थामा चाइनाबाट गाई ल्याउनुभन्दा किसानलाई अनुदान दिनुपर्ने व्यवसायिक दुग्ध उत्पादक कृषकको भनाइ छ । 

      पशुपालक किसानहरुलाई दूध उत्पादनमा लाग्न राज्यले प्रेरणादायी भूमिका खेल्दै अघोषित मिल्क होलीडे बन्द गरि किसानले उत्पादन गरेको दूध बिक्री हुने अवस्था सिर्जना गरेमा नेपालमा नै ३० लिटरसम्म दूध दिने गाई उत्पादन गर्न सकिने अबस्था रहेको छ । नेपालमा उत्पादन भएको गाईहरुले अहिले पनि दैनिक १५ देखि २० लिटर सम्म दुध दिने अबस्था हुदा हुदै सरकारले चाईनाबाट गाई ल्याएर कमिसनको खेलबाट बिचौलियालाई मोटाउने काम गर्न थालेको भन्दै किषानहरु रुष्ट देखिएका हुन । 

      चाइनाबाट गाई भित्र्याउन गरिएको निर्णय फिर्ता नभएमा आफूहरुले पालेका चौपायासहित प्रत्येक स्थानीय तहबाट आन्दोलनमा उत्रिने चितवनका किसानहरुले चेतावनी दिएका छन  । किसानको मागलाई सम्बोधन नगरिएमा गाई, भैँसी स्थानीय सरकारको कार्यालयमा लगेर बाध्ने चेतावनी दिएका छन् । तर कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीले भने नेपालमा भएका गाईबाट पर्याप्त दुध उत्पादन नभएकाले उन्नत जातको गाई ल्याउन लागिएको बताए । 

      नेपालमा प्रयाप्त मात्रमा उत्पादन भएको दुध खपत गर्ने बजारको अभाव भैरहेको अवस्थामा फेरि चिनवाट गाई ल्याउनुलाई सकारात्मक रुपमा मान्न सकिदैन । त्यसकारण यसवारेमा सम्वन्धित पक्षको ध्यान जानु जरुरी भएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d