कृषी
भक्तपुर धान उत्पादन ह्वात्तै बढ्यो
भक्तपुरमा धानको उत्पादन गत बर्षहरुमा भन्दा यसबर्ष राम्रो भएको छ ।
गण्डकीमा किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै, कृषिका चार सय नमूना फार्म
किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । नमूना फार्म स्थापना गर्नेलाई परियोजनाको पहिलो वर्षको प्रस्तावित लागतको ५० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा बताउछन ।
बृहत् दाङ सिँचाइ अयोजनाद्वारा १२ पोखरी निर्माण
दाङको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाअनुसार सञ्चालनमा ल्याइएको बृहत् दाङ सिँचाइ आयोजनाले अहिलेसम्म १२ वटा पोखरी निर्माण गरिसकेको छ ।
दशैको मुखमा तरकारीको भाउ ५० प्रतिशतले बढ्यो
राजधानीमा साउन अन्तिम सातादेखि आकाशिएको तरकारीको भाउ दशैंसम्म आइपुग्दा ५० प्रतिशत महङ्गो भएको छ ।
किसान पेन्सन कार्यक्रमको कार्यविधि तय
राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको जनाएको छ । आयोगले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ लाई कार्यान्वयन गर्न पेन्सन कार्यक्रमको कार्यवधि तयार गरेको जनाएको हो ।
इलामको सूर्योदय नगरपालिका विषादी नियन्त्रण अभियानमा
विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान सुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कृषि मन्त्री भन्छन्, कृषिजन्य वस्तुमा हुने मिसावट रोक्नुपर्छ
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषिजन्य बस्तुहरुको बिक्रिवितरणमा हुने मिसावटलाई रोक्नुपर्ने बताएका छन् । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले स्थानीय स्तरमा उत्पादन हुने अधिकांश बस्तुमा पनि मिसावट भएर उपभोक्तासामु पुग्नु दुखद भएको बताए ।
कोशी र नारायणी नदीमा जलमार्ग निर्माढा गरेर पानी जहाज ल्याउने उर्जामन्त्री पुनको दावी
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै आर्थिक वर्षभित्रमा कोशी र नारायणी नदीमा जलमार्गको निर्माण कार्यको थालनी गर्ने जानकारी दिएका छन् ।
बारामा युरिया मल अभाव, किसान चिन्तित
बारामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका छन् ।








