वैशाख २३,२०८३ / ०३ : ०३ अपरान्ह / 2026-05-06 03:03 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कृषि बजारको भवन बन्दै, सडकमा फलफूल तथा तरकारी बिक्री गर्ने कार्य अन्त्य हुने

      - ७ वर्ष अगाडि
      कार्तिक १८,२०७५

      तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकाले आधुनिक फलफूल तथा तरकारी बजार भवनको निर्माण गर्ने भएको छ । तुलसीपुर उपमहागनरपालिकाका प्रमुख घनश्याम पाण्डेले शनिबार भवनको शिलान्यास गदै भवन निर्माणसँगै अब सडकमा फलफूल तथा तरकारी बिक्री गर्ने कार्य अन्त्य हुने बताए । 

      रु दुई करोड ६९ लाख लागतमा आधुनिक कृषि उपज बजारको भवन निर्माण गरिने भएको हो । 

      फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्न तुलसीपुर उपमहानगरपालिकाले उक्त भवनको निर्माण शुरु गरिएको हो । मावि सेन्टर स्कूलको १० कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर भवन निर्माण गरिन लागेको तुलसीपुर उपमहागनरपालिकाका सवइञ्जिनीयर खड्क विकले जानकारी दिए । 

      उनका अनुसार व्यापारीका लागि ४० स्टल र किसानका लागि पनि स्टल निर्माण गरिने भएको छ । सो भवनको पहिलो चरणको निर्माणको काम सम्पन्न २०७५ चैत २५ गतेभित्र भइसक्ने छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d