वैशाख २३,२०८३ / ०३ : ०३ अपरान्ह / 2026-05-06 03:03 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कृषि विभागले कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने

      - ७ वर्ष अगाडि
      मंसिर २४,२०७५

      काठमाडौँ, कृषि विभागले कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराई उत्पादनमा सहयोग गर्ने उद्देश्यले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र बिपी राजमार्ग आसपास क्षेत्रका कृषक लक्षित आयोजना सञ्चालनमा ल्याएको छ । 

      पाँच वर्षसम्म सञ्चालन गरिने उक्त कार्यक्रमलाई ‘फलफूल तथा तरकारीमा मूल्य शृङ्खला विकास आयोजना’ भनिएको छ । आयोजनाबाट काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, धादिङ, तनहुँ, कास्की, चितवनलगायत १२ जिल्लाका १० हजार कृषक लाभान्वित हुनेछन् । 

      कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलको वास्तविक मूल्य विभिन्न तहमा थपिने लागत तथा अन्य कारणले हुने मूल्यवृद्धिले गर्दा उपभोक्ताले व्यहोर्नपर्ने मूल्यको अध्ययन उक्त आयोजनाले गर्नेछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता तेजबहादुर सुवेदीले स्थानीय तहका कृषि कार्यालय र सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी सञ्चालन गरिने आयोजनाबाट विभिन्न तहमा कृषकलाई हुने नोक्सानीको अध्ययन गरी प्राविधिक सहयोग उपलब्ध गराइने बताए । 

      आयोजना प्रमुख चिरञ्जीवी अधिकारीले आयोजनाअन्तर्गत २० हजार सङ्कलन केन्द्रमार्फत कृषकका उत्पादन प्रत्यक्ष बजारीकरण गरिने जानकारी दिँदै करीब ५५ लाख अमेरिकी डलरमा आयोजना सम्पन्न गरिने बताउनुभयो । विभागका उपमहानिर्देशक प्रकाश सञ्जेलले प्राङ्गारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रम कार्यान्वयन कार्या्विधि स्वीकृतिको क्रममा रहेको जानकारी दिए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d