असार ४,२०८३ / ०१ : ४८ अपरान्ह / 2026-06-18 01:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी

      ५ वर्ष अगाडि

      सत्तारुढ दल नेकपाको स्थायी कमिटीको दोस्रो दिनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बुधबारदेखि सुरु भएको बैठकमा त्यो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले धारणा राखेका थिए ।

      राष्ट्रिय मुद्दाहरूमा एकजुट हुन राष्ट्रपतिको आग्रह

      ५ वर्ष अगाडि

      राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एकजुट हुन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भौगोलिक अखण्डताका लागि दलहरूबीच अभूतपूर्व एकता देखिएकोमा सरकार तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई धन्यवादसमेत दिएकी छन् ।

      एमसीसी लगायत सातवटा मुख्य कार्यसूची तय, अर्को बैठक १२ गते बस्ने

      ५ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी नेकपाकोे पाँचौ स्थायी कमिटिको आजको बैठकले सातवटा मुख्य कार्यसूची तय गरेको छ । त्यस्तै अर्को बैठक १२ गते बस्ने तय भएको छ ।

      नेकपाको स्थायी कमिटीको बैठक सुरु, यस्ता छन् एजेण्डा

      ५ वर्ष अगाडि

       लामो समयको रस्सकस्सीपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । दुई ठूला पार्टी मिलेर नयाँ पार्टी बनेपछि स्थायी कमिटि बैठक बसेको यो पाँचौ बैठक हो । विभिन्न पाँचवटा एजेण्डामा बैठकमा छलफल गर्ने तय भएको छ ।

      नेकपा स्थायी कमिटी बैठक बस्दै, एमसीसी र कोरोना विषयमा छलफल हुने

      ५ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ । आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

      पीसीआर टेस्ट गरेर मात्र उपस्थित गराउन काठमाडौँ जिल्ला अदालतको आदेश

      ५ वर्ष अगाडि

      जिल्ला अदालत काठमाडौँले कोरोना संक्रमणको पीसीआर परीक्षण नगरी अदालतमा ल्याएको भन्दै विद्युतीय कारोबारसम्बन्धी मुद्दाका एक अभियुक्तलाई फिर्ता पठाएको छ ।

      नागरिकता सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित

      ५ वर्ष अगाडि

      प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक नेपालीसँग विवाह गरेकी विवदेशी महिलाले सात वर्षपछि मात्र अंगिकृत नागरिकता पाउने प्रवधान सहित बहुमतले पारित गरेको छ ।

      समाजवादी कांग्रेसले बनायो राजासहितको आफ्नै नयाँ संविधान

      ५ वर्ष अगाडि

      २०७२ को संविधान विभेदित र असंवैधानिक भएको भन्दै नेपाल समाजवादी कांग्रेसले नयाँ संविधानको मस्यौदा तयार गरेर छलफल सुरु गरेको छ । देश बचाउन संघीयताको खारेजी र धर्मनिरपेक्षताको खारेजी अनिवार्य भएको भन्दै नयाँ संविधान जरुरी रहेको भन्दै कांग्रेसले आफ्नै संविधानको खाका बनाएर छलफल थालेको हो ।

      नेकपा सचिवालय बैठक ९ बजे बालुवाटारमा बस्दै,एमसीसी विषयमा छलफल हुने

      ५ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबार बिहान ९ बजे बस्न बैठकमा लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताईएको छ ।

      नागरिकता विधेयक झन् अलमलमा

      ५ वर्ष अगाडि

      अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भयो । २० मिनेटका लागि भनेर स्थगित भएको उक्त बैठक १० महिनापछि गत मंगलबार बल्ल बस्यो । तर मत मिलेको छैन ।

          • param d d