राजनीति
शनिबार विहान ११ बजे बस्ने गरी नेकपा स्थायी कमिटी बैठक स्थगित
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शनिबार विहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा पुनः शुरु
नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटिको बैठक पुनः शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान केही बेर सञ्चालन भएर केहीबेर स्थिगित भएको सो बैठक पुनः शुरु भएको प्रधानमन्त्री निवास स्रोतले जनाएको छ ।
नेकपा स्थायी कमिटी बैठक स्थगित
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बिहीबार पनि केहीबेर बसेर स्थगित भएकाे छ ।
संसद् अधिवेशन आजै अन्त्य गर्न सिफारिस
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् ।
ओली निकट नेता प्रचण्ड भेट्न खुमलटारमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी छन् ।
अदालतको अनुमतिबाट मात्र सञ्चार सञ्जाल निगरानी
सार्वजनिक सञ्चार माध्यमबाट भएका कुराकानी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको अनुमतिमा ‘इन्टरसेप्सन’ गर्ने व्यवस्था हटाउन विधेयकमाथि संशोधन दर्ता भएको छ । राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा विचाराधीन छ ।
नेकपा स्थायी कमिटी बैठक स्थगित, भाेलि ११ बजे पुनः बस्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी पाँचौ बैठक बालुवाटारमा शुरु भएर केही सदस्यले बोलेपछि भोलि ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ । नेताहरूको संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री र मन्त्रिहरुको छलफल बालुवाटारमा जारी
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु तथा आफू निकटका स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार बोलाएर छलफल शुरु गरेका छन् ।
नेकपामा चरम कलह
सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’
नेकपाको विवाद : वालुवाटारमा कुर्सी तानातान
‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझै सत्तारुढ दलका शीर्ष नेताहरु कुर्सीकै विवादमा फसेका छन् । त्यसमा पनि स्थायी समितिकै बैठकमा कुर्सी विवाद झिकेर शीर्ष नेताहरु आलोचनाका पात्र बनेका छन् ।








