राजनीति
नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्न लागेको हो । गत बुधबारदेखि सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकका तीनवटा बैठक बसिसकेका छन् ।
आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जनको निर्णय लिन केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
राज्य व्यवस्था समितिबाट निजामती विधेयक समितिबाट पारित
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र सत्तारुढ नेकपाका सांसदहरूको असहमतिका बाबजुद संघीय निजामती विधेयक संसदको राज्यव्यवस्था समितिबाट पारित भएको छ ।
भारतसँग विवाद सल्टिएपछि चीनसँग वार्ता गर्छौँ : मन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा विवाद नरेको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । ज्ञवालीले यसअघि पनि विज्ञप्ति जारी गर्दै छिमेकी चीनसँग विवाद नरहेको जनाएका थिए ।
भारतद्वारा अतिक्रमित भूमि समेट्दा मलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव रहेको बताएका छन् । ओलीले नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका हुन् ।
आज मदन भण्डारीको ६९ औँ जन्म जयन्ती, विभिन्न कार्यक्रम गरेर मनाइँदै
आज तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरेर उनको जन्म जयन्ती मनाइँदैछ ।
कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका बिषय
आज नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र कोभिड-१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।
चर्काे आलोचनापछि ओली बैठकमा उपस्थित, केहीबेर बसेर बाहिरिए
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको तेस्रो दिन आज (शनिबार) प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । शुक्रबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली अनुपस्थित भएपछि सदस्यहरुले चर्को आलोचना गरेका थिए ।
नेकपा स्थायी कमिटी बैठक सप्पन्न, के के भए निर्णय (भिडियो सहित)
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि पुनः बस्ने गरी स्थगित भएको छ । भारतसँगको सीमा विवाद र समाधानका लागि सरकारको प्रयासबारे १८ जना स्थायी कमिटी सदस्यले बोलेका छन् । भोलि पुन ११ बजे बैठक बस्ने छ ।
स्थायी कमिटीको दोस्रो दिनको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अनुपस्थित भएका छन् । बैठक पुष्पकमल दाहालले अध्यक्षता गरेर सञ्चालन भएको छ ।








