राजनीति
अध्यक्षद्वयबीच छलफल आज पनि, स्थायी कमिटी बैठक निरन्तरता पाउने
गित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले निरन्तरता पाउने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सहमति भएपछि बुधबारको बैठकले निरन्तरता पाउने भएको हो ।
सरिता गिरी सांसद र पार्टी दुवैबाट निष्काशन
नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ ।
नेकपा अध्यक्षद्वयबीच छलफल, सहमति प्रयास जारी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच गृहकार्य पूरा नभएका कारण सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक बुधबारका लागि सारिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार बालुवाटारमा भएको भेटवार्ताकै क्रममा बैठक सारिएको हो ।
नेकपाका नेता नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीबीच हिँजो भेटवार्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत होउ यान्छीले आइतबार बेलुका नेपालकै निवास कोटेश्वर पुगेर वरिष्ठ नेता नेपाल संग भेट गरेकी हुन् ।
आजको छलफल निष्कर्ष विहिन, भोलि दुई अध्यक्षबीच फेरि वार्ता हुने
नेकपामा देखिएको विवाद समाधान गर्न पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार दिउँसो बालुवाटारमा भएको छलफल सकिएको छ । आजको छलफल ठोस निष्कर्षमा पुग्न सकेन ।
राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली
नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर, कोरोना नियन्त्रण÷ रोकथाममा सरकारको कामको समीक्षा र समसामयिक बिषयमा छलफल हुने बताईएको छ ।
नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्म स्थगित
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिको वातावरण बनाउन नेकपा स्थायी कमिटीको बैठक २२ गते सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
अर्को रणनीति बनाउँदै प्रचण्ड–नेपाल
शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन रु नेकपा फेरि फुट्ने त होइन रु मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे। जति बसाइ लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो।
ओली–प्रचण्डबीच छलफल सकियाे, शर्मा र पाैडेल पनि सहभागी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भइरहेको वार्ता सकिएको छ । करिब सवा दुई घण्टा लामो चलेको वार्तामा भएको छलफल र निस्कर्षबारे जानकारी गराइएको छैन बिहान साढे ११ बजेबाट शुरु भएको वार्ता सवा २ बजे सकिएको हो ।








