राजनीति
अयोध्याबारे ओलीको अभिव्यक्तिमा भाजपाको आपत्ती
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतले आपत्ती जनाएको छ । भारतीय रत्तारुढ दल भारतीय जनता पार्टीले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको हो ।
भारत सरकारलाई ध्यानाकर्षण पत्र
भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ ।
ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विभाजन हुन दिइने छैनः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुण्ण राखिने बताए ।
समाचार प्रधानमन्त्रीको सम्बोधन : यो विपत्तिमा उद्दार कार्यमा जुटौ (पूर्ण सम्बोधनसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको बताएका छन् ।
नेकपा स्थायी समिति बैठक एक हप्ता स्थगित
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरिएको छ । देशभर बाढी पहिराको प्रकोपले ठूलो जनधनको क्षति पुर्याएको परिस्थितिलाई मध्यनजर गर्दै बैठक आगामी शुक्रबारसम्म स्थगित गरिएको हो ।
प्रचण्ड निवासमा ओली निकट ३ टोली
दुई अध्यक्षबीच बुधवार कुरा नमिल्दा दुईतिर मुख फर्काएर उठेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बिहीबार पनि छलफल हुन सकेन। स्थायी समितिको बैठक शुक्रबार बोलाइएको छ।
नेपालको नयाँ नक्साबारे भारतले पठायो कुटनीतिक नोट
नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ । बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताएका हुन् ।
सरिता गिरी सांसदबाट निष्कासित, सांसद पद रिक्त
संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ ।
ओली अडानमै, प्रचण्ड भन्छन् : ‘एउटा पद त छाड्नुस्’
नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छ/हुन्न भन्ने टुंगो पनि छैन।
नेकपाको स्थायी कमिटी बैठक सरेको सर्यै, अब २६ गते बस्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।








