जेष्ठ १९,२०८३ / ०१ : ३७ पूर्वान्ह / 2026-06-02 01:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज मदन भण्डारीको ६९ औँ जन्म जयन्ती, विभिन्न कार्यक्रम गरेर मनाइँदै

      - ५ वर्ष अगाडि
      असार १४,२०७७

      काठमाडौं, आज तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरेर उनको जन्म जयन्ती मनाइँदैछ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए ।

      भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जनताको जनबादलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

      तीन वर्ष अघि तत्कालीन नेकपा माओवादी केन्द्रसंगको पार्टी एकतापछि पनि नेताहरु मण्डारीले नै प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई नै पार्टीमो मार्गदर्शक सिद्धान्तको रुपमा लागु गर्ने पक्षमा उभिएका छन् ।

      तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो । उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।

      भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको नेकपा गठन भएको हो ।

      साथै, मण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारीका संकलित रचनाहरू, छानिएका रचनाहरू, सेलेक्टेड वर्क्स, तथा जीवनी र व्यक्तित्व जस्ता कृतीहरु सार्वजनिक भएका छन् ।

        सम्बन्धित समाचारहरु