जेष्ठ १९,२०८३ / ०१ : ४० पूर्वान्ह / 2026-06-02 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजको छलफल निष्कर्ष विहिन, भोलि दुई अध्यक्षबीच फेरि वार्ता हुने

      - ५ वर्ष अगाडि
      असार २१,२०७७

      काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको निणार्यक भनिएको छलफल विना निस्कर्ष सकिएको छ । 

      नेकपामा देखिएको विवाद समाधान गर्न पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार दिउँसो बालुवाटारमा भएको छलफल सकिएको छ  तर सहमति जुट्न सकेन । 

      अध्यक्षबीच भएको छलफलमा नेकपाका नेताहरू जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन, विष्णु पौडेल र शंकर पोखरेल पनि सहभागी थिए । आजको छलफल ठोस निष्कर्षमा पुग्न सकेन ।  

      वार्तामा सहभागी नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले सोमबार दुबै अध्यक्षबीच पुनः वार्ता हुने गरी आजको छलफल सकिएको जानकारी दिए ।

      सबै विषयमा खुलस्त कुरा भएको र  छलफल सकारात्मक दिशातर्फ अघि बढेको शर्माले बताए । सोमबार नेकपाको स्थायी कमिटी बैठक पनि बस्दै छ । स्थायी कमिटी बैठकअघि दुवै अध्यक्षबीच फेरि वार्ता हुने तय भएको हो । 

        सम्बन्धित समाचारहरु