राजनीति
दार्चुलाका सहायक सीडीओको भारतलाई जवाफ
दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेश रोक्न तथा प्रवेशबारे जानकारी दिन दार्चुला प्रशासनलाई पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ ।
सांसद सिटौलाले लिइन् सपथ
जनता समाजवादीको रिक्त सिटमा सांसद लिलादेवी सिटौलाले पद तथा गोपनियताको सपथ लिएकी छिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको प्रतिनिधिसभाको समानुपातिकमा नवनिर्वाचित सांसद सिटौलालाई सभामुख अग्नि प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।
राप्रपाका नेता सुनीलबहादुर नेपाली कांग्रेसमा प्रवेश
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी नेपाली कांग्रेसको सहमहामन्त्रीसहित ५ जना केन्द्रिय सदस्य पाएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
ओली नै महाधिवेशनसम्म प्रधानमन्त्री रहने वामदेवको ६ बुँदे प्रस्ताव यस्तो छ
सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभाको बाँकी कार्यकाल केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।
नेकपा स्थायी कमिटी बैठक स्थगित
आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।
नेकपा स्थायी कमिटी बैठक आज बस्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो । यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् ।
सरिता गिरीको ठाउँमा लिला सिटौला बनिन् सांसद
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको छ । पार्टीकी सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस(आर्य समूहमा सिटौलालाई पार्टीले सांसद चयन गरेको हो ।
नेकपा विवाद : बन्न लागेको सहमति कसरी भत्कियो ?
यी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने ०७५ जेठ २ को सहमति मान्नुपर्छ भन्ने अडानबाट अध्यक्ष पुष्पकमल दाहाल पछि हटेर मिलनबिन्दु खोज्ने समझदारी बनेको थियो ।
सुनिल थापासहित राप्रपाका ३० नेताले दिए संयुक्त राजीनामा (राजीनामाको पूर्णपाठसहित)
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले शनिबार पार्टी परित्याग गरेका छन् । उनीसँगै राप्रपाका केन्द्र र जिल्लाका ३१ जना नेताले पार्टी परित्याग गरेका हुन् ।
एकताका लागि संघर्ष जरुरी : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका लागि संघर्ष जरुरी भएको बताएका छन्। उनले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीकै पहलमा नेकपा (एमाले) नामक नयाँ दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन परेको दाबीसमेत गरे ।








