असार ४,२०८३ / ०४ : ०८ अपरान्ह / 2026-06-18 04:08 pm
      • param ad
      • furniture
      • Khanepani Mantralaya

      राजनीति

      बाबुरामको प्रस्ताव-अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाऔं

      ५ वर्ष अगाडि

      पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अपराधीलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोेग लगाउनुपर्ने बताएका छन्। 

      कांग्रेस महिला विभागमा ३८ जना मनोनयन (नामावलीसहित)

      ५ वर्ष अगाडि

      कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय महिला विभागका सचिव र सदस्यहरूको सोमबार मनोनयन गरेका छन्। सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम विभागमामा मनोनयन गरेका हुन्। विभाग प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ मा मनोनयन गरिएको थियो।

      ओलीको प्रस्ताव पछि दोधारमा प्रचण्ड

      ५ वर्ष अगाडि

       गधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद धरापमा पर्न लागेपछि पार्टीभित्रको विवाद साम्य पार्ने सूत्रका रूपमा शनिबारको सचिवालय बैठकमा ‘मंसिरमा महाधिवेशन’ गर्ने प्रस्ताव ल्याए । झन्डै एक महिनादेखि ओलीको निःसर्त राजीनामा हुनुपर्ने अडान राख्दै आएका अध्यक्ष पुष्पकमल दाहालले त्यसलाई ठाडै अस्वीकार गर्लान् भन्ने माधव नेपाललगायतका असन्तुष्ट नेताहरूको अनुमान थियो । 

      समस्या समाधान गर्न एकता महाधिवेशन

      ५ वर्ष अगाडि

      नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान धारणा राखेका छन् ।

      नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

      ५ वर्ष अगाडि

      सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवाद अन्त्यको प्रयास गर्न नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाव दिएपछि सुरु भएको विवाद अन्त्यका लागि सचिवालय बैठक बसेको हो।

      आज दिउँसो तीन बजे नेकपा सचिवालय बैठक बस्दै

      ५ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो तीन बजे बस्दै छ । नेकपाको विवाद समाधान गर्न सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठकपछि आइतबार अपराह्न चार बजे स्थायी कमिटी बैठक बस्ने नेकपाका नेताहरुले बताएका छन् ।

      नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै, विवाद केन्द्रीय कमिटीमा लैजाने तयारी

      ५ वर्ष अगाडि

      सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै छ ।  आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । छलफलमा कुनै सहमति नभए पनि आजको बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

      नेकपा तीन नेताकाे बैठक निष्कर्षविहीन सकियाे

      ५ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहितको छलफल निष्कर्षविहीन सकिएकाे छ। आज बिहान निर्धारित समयभन्दा केही ढिलो गरी बसेको बैठकले भोलि बस्ने स्थायी कमिटी बैठकबाट निर्णय गरिने बताइएको छ। 

      निष्कर्षविहीन ओली–प्रचण्ड वार्ता, अयोध्यामाथि अर्काे विवाद

      ५ वर्ष अगाडि

       शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन् । पाँचौं पटकसम्म वार्ता भए पनि दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

      ओली–प्रचण्ड वार्ताः बिहीबार फेरि छलफल गर्ने

      ५ वर्ष अगाडि

      विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ । सहमतिको प्रयासका लागि भन्दै ६ दिनपछि मंलगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । 

          • param d d