वैशाख ९,२०८३ / ०३ : ०४ पूर्वान्ह / 2026-04-22 03:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      ओली–प्रचण्ड वार्ताः बिहीबार फेरि छलफल गर्ने

      - ५ वर्ष अगाडि
      असार ३०,२०७७

      काठमाडौँ,  विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ । सहमतिको प्रयासका लागि भन्दै ६ दिनपछि मंलगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । मंगलबार ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो ।

      छलफललाई निरन्तरता दिने सहमति दुई अध्यक्षबीच भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच बिहीबार फेरि छलफल हुने भएको छ ।

      यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

      पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ ।

      यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि सहमतिको प्रयासका लागि भन्दै दुई अध्यक्षबीच छलफल हुँदै आएको हो ।

      पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर, एक अर्काप्रतिका आश‌ंका भने उस्तै छन् ।

        सम्बन्धित समाचारहरु