चैत ३,२०८२ / ०३ : १५ अपरान्ह / 2026-03-17 03:15 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नारायणगढ मुग्लिन सडक जेठ १६ सम्म नसके कारबाही गर्ने मन्त्रीको चेतावनी

      - ७ वर्ष अगाडि
      चैत ११,२०७४

      भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चौथो पटक थपिएको म्यादभित्र नारायणगढ-मुग्लिनसडक खण्डको काम नसकिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

      अनुगमनका लागि आइतबार आएका मन्त्री महासेठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काठमाडौं जोड्ने मुख्य मार्ग भएकोले कामलाई गम्भीरतापूर्वक लिन आयोजना कार्यालय र ठेकेदारहरुलाई आग्रह गरे ।

      ‘अब सडक विस्तारको काम वर्षातअघि नै सकिन्छ’ मन्त्री महासेठले भने, ‘जेठ १६ गतेभित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुन्छ ।’ उनले विगतका दिनमा के भयो त्यसतर्फ नजाने भन्दै थपिएको अन्तिम म्यादभित्र सडक निर्माण सक्नुपर्ने बताए ।

      यो सडक केन्द्रीय सरकारको मातहतमा रहेको भन्दै उनले सडक सुरक्षाका विषयमा सरकार सचेत रहेको बताए ।

      महासेठले मन्त्री भएपछि पहिलो हस्ताक्षर नै यो सडकखण्डका १४ वटा पुल बनाउँछु भनेर गरेको जानकारी दिए । सो सडक खण्डमा रहेका १८ मध्ये चारवटा पुल ठेक्का भई निर्माणको प्रक्रियामा छन् ।

      १४ वटा ठेक्का हुन बाँकी छ । मन्त्री महासेठले सन् २०१९ को अगस्टसम्ममा सबै पुल सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।

      सन् २०१५ को अपि्रलबाट दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएको नारायणगढ-मुग्लिन सडक पटकपटक गरी चार पटक मिति थपिएको छ ।

      पछिल्लो थपिएको मिति अनुसार २०१८ को मे ३० अर्थात आउँदो जेठ १६ गतेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । अहिलेसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d