चैत ३,२०८२ / ०३ : ०७ अपरान्ह / 2026-03-17 03:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      शुक्रबार सिरहामा बम विष्फोट भएपछी सुरक्षाको माग गर्दै लहान बजार बन्द

      - ७ वर्ष अगाडि
      चैत १०,२०७४

      सिरहा, उद्योग वाणिज्य संघ लहानले शान्ति सुरक्षाको माग राख्दै आज लहान बजार बन्द गराएको छ । बन्दका कारण गाउँबाट किनमेलका लागि लहान बजार आएका सर्बसाधारणहरु मार्कामा परेका छन् ।स्थानीय प्रशासनसँग सुरक्षाको माग राख्दै विहानै म्याकिङ्ग गराएर उद्योग वाणिज्य संघले बजार बन्द गराएका हुन् । ‘हामीलाई असरक्षा महसुश भयो,’संघका अध्यक्ष सुनिल कुमार महतोले भने,‘सुरक्षा बिना काम गर्न मुस्किल छ’ भन्दै आज बजार बन्द गराएको हो ।

      मंसीर यता व्यापारीलाई लक्षित गरेर लहानमा तीन पटक बम विष्फोट भयो तर सुरक्षा निकायले खासै केही गर्न सकेको छैन् ।’ उनले भने ।

      बजार बन्द भएपनि यातायात भने सुचारु नै रहेको छ । टाढाका यात्रुलाई कष्ट नहोस भनी यातायात बन्द नगरेको अध्यक्ष महतोले बताए । ‘मागलाई वेवास्ता गरे आफुहरुले यातायात पनि ठप्प गर्न आव्हान गर्नेछौं,’उनले भने,‘विष्फोटका घटनामा व्यापारी मात्र नभई आम उपभोक्ता नै मारमा परेका छन् ।’ दोषीलाई कारवाही गराउने गरी वाणिज्यसँगले चालेको कदममा सहयोग गर्न आम नागरिकसँग उनले आग्रह गरे ।

      यता स्थितिलाई साम्य पार्न र शान्ति सुरक्षा कामय गर्न सक्रिय रुपले लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोइरालाले बताए । ‘विष्फोट गराउने दोषी पत्ता लगाउने प्रहरीको अभियानमा सबैको सहयोगको खाँचो छ,’ उनले भने ।

      शुक्रबार दिउँसो लहान नगरपालिका–७ दुर्गा मन्दिर पश्चिममा रहेको सुनचाँदी पसलमा विष्फोट हुँदा आठ जना घाइते भएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d