आर्थिक
नेपालको मकै ‘हात्तीको मुखमा जिरा’
कुखुरापालन किसानका लागि भरपर्दो पेसा हो । तर, यही पेसा सञ्चालनका लागि झण्डै रु १६ अर्बको कच्चा पदार्थ अन्यत्रबाट आयात गर्नुपर्छ । जबकी कुखुरापालन व्यवसायबाट वार्षिक रु ३३ अर्ब ७२ करोड आम्दानी हुन्छ ।
शेयर बजार:एक अर्ब बढीको कारोबार
गत साता १८५ कम्पनीको ४५ लाख दुई हजार चार सय ५० कित्ता शेयर रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार मूल्यमा खरीद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव ७९ अङ्कले घटेर अन्तिम दिन
हवाइ दुर्घटना ज्यान गुमाउने परिवारले १ करोड ७७ लाख ९७९ रुपैयाँ पाउने
हवाइ दुर्घटनामा ज्यान गुमाउनेका परिवारले अब बिमा बापत १ लाख ५८ हजार ९१० अमेरिकी डलर अर्थात १ करोड ७७ लाख ९७९ रुपैयाँ पाउने भएका छन् । अन्तराष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्ने भएको छ ।
नेपालमै बन्ने भयो २ सय करोडको स्काईवाक
वन्डर्स नेपाल प्रा.ली.ले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको हो ।
निगममा सात बिमान ग्राउन्डेड, उडान सेवा प्रभावित
प्राविधिक समस्या देखाएपछि नेपाल बायुसेवा निगमका आन्तरिक तर्फका सात बिमान ग्राउन्डेड भएका छन् । नियमित मर्मत नहुँदा र विमान मर्मतका लागि दक्ष जनशक्तिको अभावमा निगमका विमान लामो समय ग्राउण्डेड हुँदै आएका छन् ।
फापरको फुलले पर्यटक लोभ्याउँदै
प्राकृतिक सुन्दरताले ओतप्रोत भएको हिमाली जिल्ला मनाङमा स्थानीय बाली फापरको खेतीले थप आकर्षण थपेको छ । मनाङको मुख्य बालीका रुपमा रहेको फापर फुल्ने सिजन भएकाले यतिबेला मनाङ रङ्गीन देखिनाका साथै पर्यटकलाई समेत लोभ्याएको हो ।
कमसल वित्तीय संस्थाका कारण सेनाको २३ करोड जोखिममा
कमसल वित्तीय संस्थामा राखेका कारण नेपाली सेनाको झण्डै २३ करोड रूपैयाँ डुब्ने जोखिममा परेको छ । सैनिक कल्याणकारी कोषमा रहेकोमध्ये २२ करोड ९७ लाख ६७ हजार रूपैयाँ फिर्ता नआएको हो ।
राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ७४/०७५ मा सरकारी ऋण ९ खर्ब
आर्थिक वर्ष २०७४÷०७५ मा सरकारी ऋण झण्डै ९ खर्ब पुग्न लागेको छ । यसमा बाह्य ऋण ५ खर्ब ३ अर्ब ६३ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ३ खर्ब ९० अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
बुधबार पनि सेयर बजार ओरालो लाग्यो
बुधबार पनि सेयर बजार मा ह्रास आएको छ । नेपाल सरकारको कर तथा समग्र नीतिप्रति लगानीकर्ताहरु बिश्वस्त हुन नसक्दा सेयर बजारमा ह्रास आएको तथा बजारले अपेक्षित गति समात्न नसकेको हो ।
मदिरा उद्योगबाट रु एक अर्ब ६२ करोड राजश्व
मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४÷७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् ।








