वैशाख १७,२०८३ / ०३ : ३३ पूर्वान्ह / 2026-04-30 03:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ७४/०७५ मा सरकारी ऋण ९ खर्ब

      - ७ वर्ष अगाडि
      भाद्र ६,२०७५

      काठमान्डौ, आर्थिक वर्ष २०७४/०७५ मा सरकारी ऋण झण्डै ९ खर्ब पुग्न लागेको छ । यसमा बाह्य ऋण ५ खर्ब ३ अर्ब ६३ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ३ खर्ब ९० अर्ब ९० करोड रुपैयाँ रहेको  छ । 

      नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकले नेपाल सरकारको ऋण ८ खर्ब ९४ अर्ब ५३ करोड रुपैयाँ पुगेको देखाएको छ । यस वर्ष कुल ग्राहस्थ उत्पादन र कुल सरकारी ऋणको अनुपात २९.७ प्रतिशत रहेको छ । नेपाल सरकारले १८ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक ऋण तिरेको छ । अघिल्लो वर्ष २०७३ ०७४ मा २२ अर्ब ७० करोड बराबरको वैदेशिक ऋण तिरेको थियो । आर्थिक वर्ष २०७४/०७५ मा सरकारले २ खर्ब १४ अर्ब ३ करोडको वैदेशिक ऋण परिचालन गर्ने अनुमान रहेको छ । 

      महालेखा नियन्त्रकको कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार यस्तो ऋण ९३ अर्ब ४० करोड रुपैयाँ परिचालन भएको छ । उक्त ऋणको कुल ग्राहस्र्थसँगको अनुपात ३.१ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष २०७३/०७४ मा ५८ अर्ब १ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण परिचालन भएको थियो । 

      यता आन्तरिक ऋण पनि नेपाल सरकारले न्युन वित्त पुर्ति गर्न १ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँ परिचालन गरेको छ । गत वर्ष ३६ अर्ब ५६ करोड रुपैयाँ आन्तरिक ऋण भुक्तानी भएकाले १ खर्ब ७ अर्ब १९ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन भएको छ । अघिल्लो वर्ष ४९ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन भएको राष्ट्र बैंकले जनाएको छ । 

      गत आर्थिक वर्षको अन्त्यसम्म नेपाल सरकारको १ खर्ब २६ अर्ब १५ करोड रुपैयाँ नगद नेपाल राष्ट्र बैंकमा रहेको छ । यो बचत अघिल्लो बर्ष भन्दा बढी हो । अघिल्लो वर्ष १ खर्ब ६ अर्ब २७ करोड रुपैयाँ बचत थियो ।

        सम्बन्धित समाचारहरु