वैशाख १७,२०८३ / ०३ : ३३ पूर्वान्ह / 2026-04-30 03:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालमै बन्ने भयो २ सय करोडको स्काईवाक

      - ७ वर्ष अगाडि
      भाद्र ९,२०७५

      काठमाण्डौ, वन्डर्स नेपाल प्रा.ली.ले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ ।  

      शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको हो । वन्डर्स नेपालका अध्यक्ष आर्कषण पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु भित्र्याउने उद्देश्यले स्काईवाक निर्माण गर्न लागिएको बताएका छन् । राजधानीको कमलादीमा १३ दशमलब २ रोपनी जग्गामा उक्त ‘स्काईवाक’ निर्माण हुने पोखरेलले बताए । स्काइवाक निर्माणको लागत २ सय करोड लाग्ने उनको दावी छ । 

      सरकारको तर्फबाट पनि उचित साथ पाएको बताउँदै अध्यक्ष पोखरेलले तीन वर्षभित्र निर्माण कार्य पूरा हुने बताएका छन् । 

      स्काईवाकले देशको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरे । त्यस्तै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार गजेन्द्र थपलियाले बिदेशबाट स्वदेश फर्केका यूवाहरुले गर्न लागेका राम्रा काममा सञ्चारमाध्यायमले साथ दिनुपर्ने बताए ।

        सम्बन्धित समाचारहरु