वैशाख १७,२०८३ / ०६ : ४१ पूर्वान्ह / 2026-04-30 06:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचकसंगै कारोबारमा सामान्य गिरावट

      ७ वर्ष अगाडि

      साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुन्य दशमलव ४८ अंकले घटेर १ हजार २ सय २० दशमलव नौ आठ बिन्दुमा कारोबार बन्द भएको छ । 

      कर्मचारी लक्षित मध्य भोटेकोशीको आइपिओ खुल्दै, १२ सय कित्तासम्म पाइने

      ७ वर्ष अगाडि

      कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई गरी २४ प्रतिशत अर्थात १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

      शेयर बजार सामान्य बढेपनि सन्तोषजनक छैन

      ७ वर्ष अगाडि

      लगातार घट्दै आएको धितोपत्र बजारमा शेयरको मूल्यमा आज वृद्धि भएको भएता पनि यो सन्तोषजनक नभएको विश्लेषकहरुको भनाइ छ ।

      करोडौँ बक्यौता नतिरी बिदा भयो एयर एशिया

      ७ वर्ष अगाडि

      मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एशियाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन गरेको हो । 

      शेयर बजार दोहोरो अङ्कले घट्यो

      ७ वर्ष अगाडि

      लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा पुगेको छ ।

      महाकाली नदीमा चार लेनको पुल निर्माण हुँदै, स्थानिय हर्षित

      ७ वर्ष अगाडि

      महाकाली नदीमा सुरु भएको चार लेनको पक्की पुल निर्माणले गति लिन थालेको छ । गत वर्षबाट निर्माण सुरु भएको पुल बर्खामा रोकिएको थियो।

      बजार पूँजीकरणमा टेलिकम शीर्ष स्थानमा

      ७ वर्ष अगाडि

       बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम यस साता पनि एक नम्बरमा रहन सफल भएको छ । 

      नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साताका उत्कृष्ट दश कम्पनीमध्ये टेलिकम शीर्ष स्थानमा रहेको हो ।

      वीरगञ्ज भन्सारले उठायो असोज महिनामा १६ अर्ब बढि राजश्व संकलन

      ७ वर्ष अगाडि

      वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । दशैँ, तिहारजस्ता चाडपर्वका कारण आयात बढेपछि यो भन्सारले चालु आर्थिक बर्षमा असोज महिनामा सर्वाधिक बढी राजस्व संकलन गरेको हो । 

      कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल भन्छन् : ‘राँगाको मासु खानलायक छैन’

      ७ वर्ष अगाडि

      कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताए । उनले भने,‘काठमाडौंमा राँगाको मासु खानलायक छैन । अरु मासुपनि व्यवस्थित् छैनन्।’

      वीरगंज नाकाबाट मदिरा र जुस आयात ह्वात्तै बढ्यो

      ७ वर्ष अगाडि

       चाडपर्व नजिकिँदै गर्दा केही महिनायता नै तेस्रो मुलुकमा उत्पादित मदिरा तथा शक्तिवर्धक जूसको आयातमा वृद्धि भएको छ । यसपाली पनि दशैँ तिहारलाई नै लक्षित गरी झण्डै तीन महिनाको अवधिमा वीरगञ्ज नाकाबाट मात्रै करिब दुई अर्ब रुपैयाँ मुल्य बराबरको मदिरा र इनर्जी ड्रिङ्क्स तेश्रो मुलुकबाट नेपाल भित्रिएको छ ।

          • param d d