काठमाडौँ, साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुन्य दशमलव ४८ अंकले घटेर १ हजार २ सय २० दशमलव नौ आठ बिन्दुमा कारोबार बन्द भएको छ ।
क वर्गका कम्पनीहरु मापन गर्ने सेंसीटिभ इन्डेक्स शुन्य दशमलव एक एक अंकले घटेर २ सय ५९ दशमलव छ सात अंकमा बन्द भएको छ । कुल १ सय ६० कम्पनीको ७ लाख ८२ हजार २९ कित्ता शेयर खरिदबिक्री भई २४ करोड ६७ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । बिहिबार सबैभन्दा बढी कारोबार सानिमा बैंकले गरेको छ ।
बिहिकर कारोबारमा आएका समूह मध्ये बैंकिंग समूह, जलविद्युत समूह, उत्पादक तथा प्रशोधन र अन्य समूहहरु घटेका छन् भने बाँकी समूहहरु बढेका छन् । सानिमाको २ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बैंकले बिहिबार नै नगद लाभांश दिने घोषण गरेको छ । त्यस्तै सर्वा्धिक कमाउनेमा मञ्जुश्री फाइनान्स लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स, पन्चकन्या माइ हाइड्रोका लगानीकर्ताहरु रहेका छन् ।
बिहिबार ३ प्रतिशतभन्दा माथि कमाउने ४ वटा कम्पनीहरु रहेका छन् । साथै सर्वा्धिक गुमाउनेमा अपी पावर कम्पनी, नेपाल सेवा लघुवित्त, आइसीएफसी फाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।








