काठमाण्डौ, चाडपर्व नजिकिँदै गर्दा केही महिनायता नै तेस्रो मुलुकमा उत्पादित मदिरा तथा शक्तिवर्धक जूसको आयातमा वृद्धि भएको छ । यसपाली पनि दशैँ तिहारलाई नै लक्षित गरी झण्डै तीन महिनाको अवधिमा वीरगञ्ज नाकाबाट मात्रै करिब दुई अर्ब रुपैयाँ मुल्य बराबरको मदिरा र इनर्जी ड्रिङ्क्स तेश्रो मुलुकबाट नेपाल भित्रिएको छ ।
चालु आर्थिक वर्ष २०७५÷०७६ को साउन १ देखि असोज १५ सम्ममा वीरगञ्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह दुबै मा दुई अर्ब ६० लाख ७८ हजार नौ सय ३३ रुपैयाँ मुल्यको एक करोड ६ लाख २६ हजार चार सय ८७ लिटर मदिरा र ईनर्जी ड्रिङ्क्स आयात भएको छ ।
तुलनात्मक रुपमा गत आर्थिक वर्षको साउन देखि असोज १५ सम्म साँढे दुई महिनाको अवधिको भन्दा चालु आर्थिक वर्षको त्यही अवधिमा ८४ करोड एक लाख ८३ हजार चार सय ७८ रुपैया बढी मुल्यको मदिरा र ईनर्जी ड्रिङ्क्स वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि असोज १५ सम्ममा वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट मात्रै एक अर्ब २० करोड ७२ लाख रुपैयाँको ७५ लाख ९२ हजार सात सय ३३ लिटर मदिरा र ईनर्जी ड्रिङ्क्स आयात भएको छ ।
सोही अवधिमा सुख्खा बन्दरगाहा नाकाबाट अमेरिका, जापान, यूरोप लगायतका मुलुकहरुमा गत आर्थिकवर्ष भन्दा यसपर्व निर्यातमा कमी आएको छ । गतवर्ष ६६ लिटर हजार मदिरा निर्यात भएको थियो यसवर्ष घटेर ३६ लिटर निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०७४÷०७५ को यही अवधिमा भने एक अर्ब १६ करोड ५८लाख ९५ हजार चार सय ५५ रुपैयाँको ८६ लाख ८८ हजार दुई सय४५लिटर मात्र मदिरा र इनर्जी ड्रिङ्क्स वीरगञ्ज नाका हुँदै आयात भएको छ भने यसवर्ष घटेर ३६ लिटर निर्यात भएको छ ।








