सामाजिक
सबै घरका युवा विदेशिएपछि, गाउँमा महिला नै मलामी
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ ।
सानीआमासँग भेट गर्ने बाहना नक्कली चिकित्सकबाट युवती बलात्कृत
नयाँ अभियान घोषणा ‘बेटी पढाऊ, बेटी बचाऊ’
जनकपुर । प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाउने भएको छ ।मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका हुन् । यो योजना अन्तर्गत नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर छोरीहरुको शिक्षा विमा नीति ल्याउनेछ ।
शम्भुनाथ खुल्ला दिसामुक्त र पूर्णखोप नगरपालिका
राजविराज, सप्तरीको शम्भुनाथ नगरपालिकालाई एक समाराहेका बीच खुला दिसामुक्त र पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ ।सप्तरीको कठौनामा सोमबार आयोजित खुला दिसामुक्त र पूर्णखोपयुक्त नगरपालिका घोषणा कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले शौचालय प्रयोगले इज्जत र सम्मान बढ्ने भएकाले यसको नियमित प्रयोग हुनुपर्ने बताउनुभयो ।
सञ्चारका साधनका कारण कम उमेरमा विवाह
ललितपुर, सञ्चारका साधनका कारण कम उमेरमा विवाह गर्ने क्रम बढेको छ । सामाजिक सञ्जाल वा फोनबाट चिनजान भएकै भरमा किशोर–किशोरीले विवाह गर्ने घटना प्रहरीसम्म धेरै आइरहेको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ । महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले सोझै विवाह गरेका भन्दा पनि अभिभावकले छोरा वा छोरी हराएको भन्दै उजुरी गर्ने गरेको बताउनुभयो ।
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
नुवाकोट, दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो ।
बालिका जबर्जस्ती करणी अभियोगमा पक्राउ
ताप्लेजुङ, एउटै घरमा डेरा गीर बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
आमाको दुष्कर्मको सजाय भोग्दै बन्दीगृहमा ४ वर्षीया बालिका
रोल्पा,झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार जिल्ला कारागार रोल्पाको बन्दी गृहमा थुनामा छिन् ।
परियारकी आमाले आफ्नै दिदी पर्ने थबाङ रोल्पाकी सुनकुमारी नेपालीको हत्या गरेको पुष्टि भएपछि मुलकी ऐन ज्यान सम्बन्धीको १४ नं बमोजिम जिल्ला अदालत रोल्पाले १० वर्ष कैद हुने गरी २०७३ फागुन ३ गते फैसला सुनाएको थियो । यसरी आमा थुनामा परेपछि यी अबोध बालिकाले आमाले गरेको दुष्कर्मको सजाय भोग्दै आएकी हुन् ।
राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे
कैलाली । बिहीबार देशभर धुमधामसँग अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता जनाए ।
तर, कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा भने २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा परिन् । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहे ।
हिमाल आरोहणका लागि पथप्रदर्शक अनिवार्य
काठमाडौँ– हिमालचुली आरोहणका लागि जाने आरोही दलले आधार शिविरदेखि चुचुरोको अन्तिम बिन्दुसम्म जाँदा र फर्कंदा सम्पूर्ण दूरी पैदय यात्रा नै गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरिएको छ । सरकारले पर्वतारोहणसम्बन्धी (पाँचौँ संशोधन) नियमावली, २०७४ लागू गरेर उक्त व्यवस्था गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयनमा ल्याएको उक्त नियमावलीमा पर्वतारोहणका लागि जाँदा एकजना पर्वतीय पथ प्रदर्शक लिई जानुपर्ने व्यवस्था गरिएको छ ।