काठमाडौं, मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
काभ्रेको बनेपा ५ रविओपीमा तर्फ यात्रु बोकेर सवार मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो । देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ट्रकमा आगो लागेको थियो । दुर्घटनामा परी धुलिखेल १ देवीटारकी ४० वर्षीया लालीमाया तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
दुर्घटना भयानक भए पनि धेरै ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुमा ११ वर्षीय देवीटारका सुजन लामा, देवीटारकै ठुलीमाया तामाङ, पनौतीका सानुकान्छा तामाङ, देवीटारकी ज्ञानीमाया तामाङ, देवीटारका धनमान तामाङ र फलामेटारका मानबहादुर गोले रहेका छन् । प्रहरीका अनुसार, दुर्घटनामा ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।








