जेष्ठ ११,२०८३ / ०२ : ४६ अपरान्ह / 2026-05-25 02:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      जबर्जस्ती करणीको फैसला उल्टियो

      ८ वर्ष अगाडि
      जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ । 

      गोंगबु क्षेत्रबाट यौन व्यवसायमा संलग्न ३४ पक्राउ

      ८ वर्ष अगाडि
      महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो 

      नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने

      ८ वर्ष अगाडि
        गोँगबु नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले नयाँ बर्षको शुरुवातसँगै अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि तीन महिने कार्ययोजना सार्वजनिक गरेको छ । 

      घाँस काट्न गएका दुई महिला मृत्त भेट्टिए

      ८ वर्ष अगाडि

      नुवाकोट,  पञ्चकन्या गाँउपालिका–३ का दुई महिला घाँस काट्न गएको समयमा एकै स्थानमा मृत्त भेट्टिएका छन् । 

      महिनावारी हुँदा विद्यालय जाँदैनन् बालिका

      ८ वर्ष अगाडि

      बाजुराको गौमुल गाउँपालिका–४ मानाकोटमा रहेको कीर्तिचौर माविमा हाल २५० छात्रा अध्ययन गर्दै आइरहेका छन् । तर पनि उनीहरुले नियमित रुपमा पठनपाठन गर्न पाउँदैनन् । नियमित पठनपाठन गर्नका लागि उनीहरु वञ्चित हुने गरेको पाइएको छ । 

      श्रीमानले श्रीमतीलाई दाइजोको निहुँमा लगाए आगो !

      ८ वर्ष अगाडि

      पर्सा रासस , ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन् ।

      बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमानबाट दुई सन्तान

      ८ वर्ष अगाडि
       कविता उपाध्याय 
      लिबाङ, रोल्पा,  (रासस) ः एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् ।

      दुई विश्वयात्रीले ल्याए कागती गाउँमा परिवर्तन, काठमाडौंले फालेको फोहोरमा बालबालिकाको खुशी !

      ८ वर्ष अगाडि

       नुवाकोट, पाउरोटी बेच्नेजस्तो टिनको बाकस जोडिएको मोटरसाइकल । एकजना सेतो छाला भएका युवक अनि अर्को कालो वर्णका । बिगारेर मिलाएको जस्तो लवाइ । भाषा नबुझ्नेसँग पनि गफिन्छन् उनीहरु । एक हुन्, २७ वर्षे क्यानडाका बेन रिड हवेल्स । र, अर्का २८ वर्षका भारतका प्रशान्त कुमार ।

      संस्कृतिविद सत्यमोहन जोशीलाई ललितपुर महानगरले गाडी र सुरक्षा सुविधा दिने

      ८ वर्ष अगाडि

      काठमाडौं, संस्कृतिविद सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाले गाडी र सुरक्षा सुविधा दिने भएको छ। महानगरपालिकाले संस्कृति र सम्पदाहरुको संरक्षणमा सक्रिय रहेका जोशीलाई पछिल्लो समयमा सवारी नहुँदा भएको असहजतालाई ध्यानमा राखेर यस्तो सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

      ७० वर्ष काटेकाले मात्रै पाउने भए वृद्धभत्ता

      ८ वर्ष अगाडि

      काठमाडौँ, देउवा सरकारले गरेको ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउने निर्णय पनि कार्यान्वयन नहुने भएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार तत्कालीन सरकारले कार्यविधि नबनाएको र अहिलेको सरकारले त्यसको स्वामित्व नलिएपछि निर्णय अलपत्र परेको छ ।

          • param d d