जेष्ठ ११,२०८३ / ०३ : ४२ अपरान्ह / 2026-05-25 03:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      झुटो विवरण पेश गरी भारतीय महिलालाई नागरिकता प्रदान गर्ने वडाध्यक्ष सहित तिन जना पक्राउ

      - ७ वर्ष अगाडि
      असार ८,२०७५

      काठमाडौं, झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि अर्घखाँची शितगंगा नगरपालिका  १३ का वडाअध्यक्ष सहित तीनजना पक्राउ परेका छन् । 

      वडा नम्वर १३ सिमलपानीका चुडामणि भाट क्षेत्रीले श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन झुठो विवरण दिएको भन्दै कर्णबहादुर भाट क्षेत्री, मनि भाट क्षेत्री र वडाअध्यक्ष दुर्गाबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको हो । भारतीय महिलालाई नागरिकता प्रमाणपत्र दिलाउन कर्णबहादुर भाट क्षेत्रीले बुवा र मनि भाट क्षेत्रीले आमा बनेर झुटो विवरण पेश गरेर कीर्ते गरी नागरिकता दिलाएको भेटिएपछि उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । 

      बुबा आमाको नाता कायम गरी वडाध्यक्ष बिसीले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७४ साउन २३ गते नेपाली नागरिकताको प्रमाणपत्र बनाएका थिए । 
      अर्का नक्कली नागरिकता बनाउन योजना बनाउने चुडामणि भाट क्षेत्री भने फरार छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d