सामाजिक
हिमाल आरोहणका लागि पथप्रदर्शक अनिवार्य
काठमाडौँ– हिमालचुली आरोहणका लागि जाने आरोही दलले आधार शिविरदेखि चुचुरोको अन्तिम बिन्दुसम्म जाँदा र फर्कंदा सम्पूर्ण दूरी पैदय यात्रा नै गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरिएको छ । सरकारले पर्वतारोहणसम्बन्धी (पाँचौँ संशोधन) नियमावली, २०७४ लागू गरेर उक्त व्यवस्था गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयनमा ल्याएको उक्त नियमावलीमा पर्वतारोहणका लागि जाँदा एकजना पर्वतीय पथ प्रदर्शक लिई जानुपर्ने व्यवस्था गरिएको छ ।
बालिका बलात्कार प्रकरणः साधारण व्यक्ति पक्राउ, पहुँचवाला फरार
आर्थिक चलखेलमा बालिका बलात्कारको घटनालाई मिलापत्र गराई गुपचुप गरिएको घट्ना सार्वजनिक भए पछि विचौलियको भूमिकामा रहेका तरुण दलका सभापति, उपसभापतिलगायतका व्यक्तिहरु विरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता भएको छ ।
१० वर्षीय बालकले गरे आत्महत्या, यस्तो छ उनको दुःखदायी कथा…
एजेन्सी । एक पाँच कक्षामा पढ्दै गरेका मात्र १० वर्षीय बालकले आफ्नी शिक्षिकाको यातना सहन नसकेपछि विष खाएर आत्महत्या गरेका हुन् । विद्यालयबाट परीक्षा दिएर घर फर्किएपछि उनले यस्तो कदम उठाएका थिए ।
उनको मृत्यु भइसकेपछि बाबुआमाले उनी पढ्ने कोठाको टेबलमा एउटा सुसाइड नोट भेट्टाएका थिए । उक्त सुसाइड नोटमा यस्तो लेखिएको थियो, ‘आज मेरो परीक्षा थियो मैले राम्रो गरेँ तरपनि मेरी क्लास टिचरले मलाई धेरै रुवाउनुभयो । उहाँले मलाई तीन पिरियडसम्म उभ्भाएर राख्नुभयो । तिनीहरु नराम्रा छन् म्याम तिनको कुरामा कहिल्यै विश्वास नगर्नुहोस् ।








