समाचार
लेखा समिति सभापतिकी पत्नीसहित सहकारी प्रकरणमा २६ जनाविरुद्ध मुद्दा
मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ ।
त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी
त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले नाराबाजी गरेका छन् । बिहीबार त्रिविको सभा (सिनेट) मा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन पुगेका थिए ।
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
द गोट लाइफ : १६ वर्ष पछि रिलिज भएर चर्चा कमाएको फिल्म
दक्षिण भारतीय फिल्म द गोट लाइफ एक अपवाद हो, जसको निर्माणमा करिब १६ वर्ष लाग्यो । रिलिजपछि व्यापक चर्चा र ध्यान आकर्षित गरेको यो फिल्म नेपाली दर्शकवर्गको माझ पनि निकै चर्चित भएको छ ।
पोखरामा आज पनि रास्वपाको प्रदर्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि कास्कीको पोखरामा प्रदर्शन गरेको छ ।
कमेडी च्याम्पियन–२ का प्रतिस्पर्धी हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन
कैलालीको गोदावरीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा कमेडी च्याम्पियनका पूर्वप्रतियोगी हिक्मत महराको निधन भएको छ ।
६ दिनदेखि बेपत्ता शव ७० फिट गहिराइमा फेला
६ दिनदेखि बेपत्ता शव करिब ५० मिटर पर ७० फिटको गहिराइबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु
रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
काठमाण्डौ उपत्यका र मधेश प्रदेशमा वर्षाको सम्भावना कम
काठमाण्डौ उपत्यका र मधेश प्रदेशमा आज पानी पर्ने सम्भावना कम देखिएको छ । पूर्वदेखि पश्चिमसम्मका केही ठाउँमा हल्का वर्षा भए पनि काठमाण्डौ र मधेश प्रदेशमा आज पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनमा निरन्तरता पाउने
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनमा निरन्तरता पाउने भएको छ । आज (सोमबार)बाट यो चलचित्र प्रदर्शन नहुने भनिए पनि अन्ततः प्रदर्शनले निरन्तरता पाएको छ ।








