माघ १२,२०८१ / ०७ : ३९ पूर्वान्ह / 2025-01-25 07:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      द गोट लाइफ : १६ वर्ष पछि रिलिज भएर चर्चा कमाएको फिल्म

      - एक हप्ता अगाडि
      मंसिर २६,२०८१

      दशकौं समय लगाएर निर्माण गरिएका फिल्महरु कमै भेटिने गर्छ । हलिउडमा यो सामान्य भए तापनि यति लामो समय लाग्ने फिल्महरू नेपाल र भारतमा कमै पाइन्छन् । तर, दक्षिण भारतीय फिल्म द गोट लाइफ एक अपवाद हो, जसको निर्माणमा करिब १६ वर्ष लाग्यो ।

      रिलिजपछि व्यापक चर्चा र ध्यान आकर्षित गरेको यो फिल्म नेपाली दर्शकवर्गको माझ पनि निकै चर्चित भएको छ । बेन्जामिनको उपन्यास आदुजीवितम (नेपालीमा खबुज) मा आधारित यस फिल्ममा पृथ्वीराज सुकुमारनले प्रमुख भूमिका निभाएका छन् ।

      यो मलयालम फिल्म तमिल, तेलुगु, कन्नड, हिन्दी र मलयालम भाषामा रिलिज गरिएको थियो । द गोट लाइफ २८ मार्च २०२४ मा सिनेमाघरहरूमा प्रदर्शनका लागि आएको थियो ।

      सोह्र वर्षको लामो प्रतिक्षा पछि फिल्मको रिलिज भएको हो । फिल्मको निर्माण २००८ मा शुरू भएको थियो । यस फिल्मको कथा एक आप्रवासी मजदुरको वास्तविक जीवनका संघर्षहरूलाई चित्रित गर्दछ, जसले बाख्रा फार्ममा काम गर्ने क्रममा दासको जस्तो जीवन यापन गर्नुपर्छ ।

      पृथ्वीराज सुकुमारनलाई आदुजीवितम फिल्मको लागि शारीरिक रूपमा विभिन्न रूपले प्रस्तुत हुनुपर्ने थियो । यसका लागि उनले तौल कहिले घटाए भने कहिले बढाए । फिल्मको लागि पृथ्वीराजले ३१ किलोग्राम तौल घटाएका थिए । तौल घटाउनका लागि उनी तीन दिनसम्म भोकै र तिर्खाएका थिए ।

      यस फिल्मको बजेट लगभग ८२ करोड भारतीय रुपैयाँ थियो, र यसले बक्स अफिसमा १६० करोड भारतीय रुपैयाँ कमाइ प्राप्त ग¥यो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d