राजनीति
राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्यकाे शपथ ग्रहण गर्नुहुँदै जबरा
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सङ्घीय संसद् प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री देउवा कांग्रेस संसदीय दलको नेतामा विजयी
नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा विजयी भएका हुन् ।
कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता
बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुने संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिएका छन्।
पुस ७ मा नवनिर्वाचित सांसदहरूको शपथ
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दै छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
माओवादी पदाधिकारी बैठक आज, यी हुन् एजेण्डा
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको माओवादी महासचिव देव गुरुङले जानकारी दिएका छन् ।
सभापति देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् ।
प्रतिनिधिसभामा पुरुष १८४ र ९१ महिलाकाे प्रतिनिधित्व
निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रुपमा सार्वजनिक गरेको छ ।
राष्ट्रपति कार्यालय पुग्यो चौधरी छुटाउने अध्यादेश अब के हुन्छ ?
थुनामा रहेका रेशम चौधरी लगायतको राजनीतिक मुद्दा फिर्ता लिनेगरी फौजदारी र देवानी संहिता संशोधन गर्नेगरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ ।
प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।








