राजनीति
एकीकृत समाजवादीले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने
नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने भएका छन् ।
प्रदेश १ मा चार सदस्यीय मन्त्रीमण्डल विस्तार
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण लगतै उनले सत्ता साझेदार दलहरुबाट एक एक जना मन्त्री नियुक्त गरी शपथ गराएका हुन् ।
मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ । प्रचण्ड नेतृत्वको सरकारप्रति साझा धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दै
प्रदेश १ को प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दै छ । आइतबार दिउँसो १ बजे बैठक बोलाइएको छ ।
सरकारमा सहभागिताबारे एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को स्थायी समिती बैठक आज बस्दैछ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताको विषयमा आज टुङ्गो लगाउने भएको छ।
शक्ति बाँडफाँटको लफडामा गठबन्धन
सात दलीय सत्ता गठबन्धन शक्ति बाँडफाँटको लफडामा अल्झिएको छ । कम्युनिस्ट पार्टीहरूलाई सरकारमा ल्याउने प्रयत्न गरिरहेका प्रधानमन्त्री ‘प्रचण्ड’ पदीय भागबन्डा कसरी मिलाउने भन्ने अन्योलमा परेका छन् ।
कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बि (सूचनासहित)
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्। सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा सो कुरा उल्लेख गरीएको छ।
गृहमन्त्री रवि लामिछानेको निर्णय:निर्मला पन्तको न्यायका लागि पहल गर्ने
नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।








