राजनीति
राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राप्रपा सरकारमा नजाने : अध्यक्ष लिङ्देन
ष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । सोमबार बिहान नयाँ सत्तासमीकरणको बैठमा जाने क्रममा लिङ्देनले सरकारमा सहभागी नहुने जानकारी दिए।
प्रदेश १ का नव निर्वाचित सांसदहरूले शपथग्रहण आज
आज प्रदेश १ का नव निर्वाचित सांसदहरूले शपथग्रहण गर्दै छन । दिउसो १ बजे उनीहरूले शपथग्रहण गर्नेछन् ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले पहिलो चरमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने भएको हो।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज दिउँसो ४ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि आज दिउँसो शपथ हुने भएको हो ।
राष्ट्रपतिद्वारा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
नयाँ सरकार गठनको समयसीमा आज सकिँदै
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज बेलुका सकिँदैछ। राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।
हितराज पाण्डेलाई माओवादीको प्रमुख सचेतक बनाउने तयारी
हितराज पाण्डेलाई नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बनाउने तयारी गरिएको छ । माओवादी पदाधिकारी बैठकमा पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।
नवनिर्वाचित सांसदहरुले लिए शपथ, १७ जना सांसद अनुपस्थित
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयता शपथ लिएका छन् । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
यी हुन् प्रधानमन्त्री बन्न बाटो खुलेका संसदीय दलका ६ नेता
प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम मतपरिणाम बुझाइसकेपछि राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान गरिएको छ ।








