काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी नहुने भएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका हुन्। सोमबार बिहान नयाँ सत्तासमीकरणको बैठमा जाने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागी नहुने जानकारी दिए।
प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेपनि सरकारमा राप्रपा सहभागी नहुने उनले बताए।
संसद भवन बाहिर रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच सरकारमा सहभागीताबारे छलफल समेत भएको छ।
नेकपा एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्डले आज बेलुका ४ बजे शपथ लिदैछन्।








