काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्रै नेपालले आफ्नै पानी जहाज चलाउने र रेल कुदाउने बताएका छन्। उनले अबको दुई वर्षभित्रै नेपालले यी दुई क्षेत्रमा देखिने गरी काम गर्ने बताए। शुक्रबारबाट काठमाडौंमा सुरु भएको पाँचदिने २९औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै उनले ढिलोमा २०७६ सालभित्र नेपाली झण्डावाहक पानी जहाजले सामान ओसारपसार गर्ने बताए। अहिलेको सरकारलाई सुस्त हुने सुविधा नरहेको बताउँदै उनले भने, 'हामीलाई ढल्किएर विचार गर्ने अवस्था छैन। हामीलाई कष्टसाध्य प्रयास तीव्रताका साथ गर्नुपर्छ। सरकारले दिनदिनै नयाँनयाँ राष्ट्रिय महत्त्वका अभियान लिएर आउँछ।' उनले नेपालमा रेल सेवा सुरु गर्नेबारे भने, 'मान्छेहरूले अलिअलि उडाए, यो समयमा रेल ल्याउँछु भन्यो के नचाहिने कुरा भने। म अहिले भन्छु- नेपालमा रेल ल्याउँछु भन्दा दुई वर्षअगाडि मजाक उडाएका थिए। अब दुई वर्षपछि ती ठट्टा गर्ने मान्छे भेटिने छैनन् किनभने रेल कुद्छ, मान्छे छक्क पर्छन्।' उनले पहिलो प्रधानमन्त्रीकालमा बोलेका कुरा सम्झिएका थिए। उनले त्यतिबेला नेपाल आफैँले पानीजहाज चलाउने बताएका थिए। उनले भने, 'पानीजहाजको कुरा गरेको उधुमै उडाए। प्रधानमन्त्री कार्यालय अगाडि त केहीले कागजका डुंगा बनाएर बाल्टीमा पानी हालेर तमासा गरे, अनेक गरे।' उनले अबको दुई वर्षभित्र पानी जहाज चलाउने बताए। उनले भने, 'अर्को साल हुनसक्छ, २०७५ सालभित्र नभए २०७६ सालभित्र नेपालको पानीजहाजले कसरी सामान बोकेर चल्छ, कसरी मान्छे हालेर चल्छ, हामी देखाउँछौँ।' प्रधानमन्त्री ओलीले सरकार देश र जनताको हितमा समर्पित हुने पनि बताएका थिए। उनले सरकारले अब उद्यम विकासको लहर नै सृजना गर्ने दाबीसमेत गरेका थिए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्यम विकासका लागि निजी लगानी भित्र्याउन आवश्यक ऐन, कानुनको व्यवस्था गर्न लागिएको बताए। उनले प्रधानमन्त्री केपी ओलीको चाहनाअनुसार घरघरमा महिलाहरूले रोजगारीको अवसर पाउने गरी साना उद्यम विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। निजी क्षेत्रलाई प्रोत्साहन गरेर सरकार उद्यम विकासलाई अघि बढाउन प्रतिवद्ध रहेको मन्त्री यादवको भनाइ थियो। सरकारको योजनामा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ। ३०० बढी स्वदेशी उत्पादनका स्टलहरू रहेको प्रदर्शनीमा करिव आठ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीको दुई वर्षभित्रै पानीजहाज र रेल सेवा संचालनमा ल्याउने दाबी
चिनारी पोस्ट - ८ वर्ष अगाडि
चैत ९,२०७४
सम्बन्धित समाचारहरु
रास्वपाको ’हेल्थ मास्टरप्लान’ : १० ठूला वाचा, तर कार्यान्वयनमा पहाडजत्रै चुनौती !
रास्वपाका महत्त्वाकांक्षी स्वास्थ्य योजनाः कागजमा मात्र सीमित होलान् कि यथार्थमा बन्लान् ? ...
रास्वपाका महत्त्वाकांक्षी स्वास्थ्य योजनाः कागजमा मात्र सीमित होलान् कि यथार्थमा बन्लान् ? ...
बालेनलाई प्रधानमन्त्री बन्नबाट कसले रोक्दैछ ? रास्वपाको विधान कि मिडियाको हल्ला ?
“रास्वपाको विधान र राजनीतिक दलसम्बन्धी ऐन बाझिएका कारण बालेन शाह प्रधानमन्त्री बन्न कानुनी रूपमा मिल्दैन ...
“रास्वपाको विधान र राजनीतिक दलसम्बन्धी ऐन बाझिएका कारण बालेन शाह प्रधानमन्त्री बन्न कानुनी रूपमा मिल्दैन ...
मधेश मुख्यमन्त्री प्रकरण स् सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दै
मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ । ...
मधेश मुख्यमन्त्री प्रकरणबारे सर्वोच्चले आज दुवै पक्षसँग छलफल गर्दैछ । ...
नेकपा एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्दै
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । ...
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । ...
नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । ...
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । ...
माओवादी-एकीकृत समाजवादीसहित नौ दलबीच आज एकता हुँदै
नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०सहित नौ दलबीच आज एकता हुँदै छ । ...
नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०सहित नौ दलबीच आज एकता हुँदै छ । ...
गगन थापाले पेस गरे कांग्रेस महाधिवेशनको तालिका १६ देखि १९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। ...
युवा नेताहरुले किन लगाए कांग्रेस केन्द्रीय कार्यालयमा ताला ?
नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल ...
नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल ...
प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने
प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् ...
प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् ...