काठमाडौँ, प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई बताउनुभयो । निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो भने निर्वाचनपछिको पार्टीको यो पाँचौँ केन्द्रीय कार्य समिति बैठक हो ।यसअघि माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । एक दिनभन्दा बढी समयसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उहाँले बताउनुभयो । निर्वाचनपछि काँग्रेसमा नेतृत्वको आलोचनाका साथ महासमिति भेलाको माग समेत उठ्दै आएको छ ।
काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने
चिनारी पोस्ट - ४ वर्ष अगाडि
चैत ९,२०७४
सम्बन्धित समाचारहरु
मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन ...
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन ...
अर्ली इलेक्सनकाे सम्भावना छैन : अध्यक्ष दाहाल
एमालेले दुई पटक संसद् विघटन गर्याे। अहिले संसद् चल्न दिएकाे छैन। अर्ली इलेक्सनबारे भ्रम फैलाइएकाे ...
एमालेले दुई पटक संसद् विघटन गर्याे। अहिले संसद् चल्न दिएकाे छैन। अर्ली इलेक्सनबारे भ्रम फैलाइएकाे ...
सर्लाही कांग्रेसको सभापतिमा सुरेन्द्र सिंह निर्वाचित
नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । ...
नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । ...
नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर निर्वाचित
जम्मा १७८७ म खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याए।उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाए ...
जम्मा १७८७ म खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याए।उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाए ...
आजदेखि कांग्रेसले एक महिने चुनावी अभियान
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गरेको छ ...
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गरेको छ ...
चुनाव प्रचार अभियानमा कांग्रेसले खटायो केन्द्रीय नेता
कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो ...
कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो ...
संसद् विघटनको ‘असफल प्रयास’मा सत्ता गठबन्धन
कांग्रेसका दोस्रो तहका नेताले मुख खोलेर सुरु गरेको विघटन रिहर्सललाई सत्ता गठबन्धन दलका एक शीर्ष ...
कांग्रेसका दोस्रो तहका नेताले मुख खोलेर सुरु गरेको विघटन रिहर्सललाई सत्ता गठबन्धन दलका एक शीर्ष ...
प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव सहमतिबाटै दर्ता भएकाे हाे : महरा
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव ...
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव ...
आलोपालो क्षेत्रीय सभापति बन्ने सहमति
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै ...
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै ...