राजनीति
एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज सुरु हुँदैछ । भदौ ९ गतेबाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आज सुरु हुन लागेको हो ।
११ सांसदकाे प्रश्न र प्रधानमन्त्री प्रचण्डकाे जवाफ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा ११ जना सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिएका छन् ।
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ
प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार निर्विरोध निर्वाचित भएका समिति सभापतिहरूलाई सिंहदरबारमा सभामुखले सपथ खुवाएका हुन्।
मन्त्री अनिता देवीले लिइन् शपथ
काठमाडौं, जनमत पार्टीकी सांसद अनिता देवी साहले शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।
प्रतिनिधिसभामा एमालेको नाराबाजी, आज पनि बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरू सिटबाट उठेर विरोध जनाएका हुन्।
संसदको गतिरोध अन्त्य गर्न सभामुखको सक्रियता, प्रमुख शीर्ष नेतासँग आज पनि छलफल गर्ने
प्रतिनिधि सभाको जारी गतिरोध अन्त्य लागि प्रमुख दलका शीर्ष नेताहरूबीच पुनः छलफल हुने भएको छ ।
आज प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो ३ बजे बस्दैछ ।
संसदीय समितिको नेतृत्वमा मिल्यो भागबण्डा
मुख्य दलहरूबीच संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा आज बसेको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।
संसदको गतिरोध अन्त्य गर्न माओवादी केन्द्रले सत्तापक्ष र प्रमुख प्रतिपक्षीसँग छलफल गर्ने
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र राष्ट्रिय सभाको गतिरोध अन्त्य गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षीसहित दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले आज जवाफ दिने
कपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै छ । गत बुधबार सुरु भएको बैठकमा शनिबारसम्म झन्डै दुई सयजना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् ।








