फागुन १३,२०८२ / ०७ : १२ पूर्वान्ह / 2026-02-25 07:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज प्रतिनिधिसभा बैठक बस्दै

      - २ वर्ष अगाडि
      श्रावण २३,२०८०

      काठमाडौं, प्रतिनिधिसभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो ३ बजे बस्दैछ ।

      बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

      यस्तै बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्वमा परेको जानकारी सभामुख देवराज घिमिरेले गराउने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

      साथै बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।

        सम्बन्धित समाचारहरु