मुख्य समाचार
डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते
डडेल्धुरामा आज बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको भने ६ जना यात्रु घाइते भएका छन् ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो ।
सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए
सुटकेसभित्र हत्या गरेर भेटिएकी माधव नारायण ६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका मुख्य अभियुक्त लक्ष्मण पासवानले आत्मदाह गरेका छन् ।
पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे
सिन्धुपाल्चोकको पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी भएको छ ।
कवाड व्यवसायीको एक स्वर बालेन चोर कुर्सी छोड
युवा देखि लिएर बुढापाका सबैको मन जितेर काठमाडौं माहानगरपालिकाको मेयर बनेका बालेन शाहालाई अहिले “बालेन चोर कुर्सी छोड“, “बालेन तिम्रो पाराले दुख पाए साराले“ भनि विभिन्न प्लेकार्डहरु बोकी कवाड व्यवसायीहरूले माहानगर विरुद्ध प्रदर्शन गरेका छन् ।
पशुपतिमा पहिलोपटक वाटर ड्रपलेट सेवा
पशुपतिनाथ मन्दिर परिसरमा पहिलो पटक ‘वाटर ड्रपलेट’ व्यवस्था ल्याएको छ ।
ब्रह्माकुमारीको रक्तदानमा ११ हजार पिन्ट संकलन
ब्रह्माकुमारी संस्थाले विश्वव्यापी रक्तसंकलन अभियान सञ्चालन गरिएको छ ।
पाल्पामा स्क्रब टाइफसले लिए ११ वर्षीया बालिकाको ज्यान
पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको मृत्यु भएको छ ।
भोलि तिजको निराहार व्रतका लागि आज दर खाने दिन
हिन्दु महिलाले मनाउने तीज पर्व अन्तर्गत आज दर खाने दिन, घरघरमा दर खाएर मनाइन्दैछ । आज माइतीले चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ ।
उखु बोकेर माइतीघरमा धर्ना बसे किसान
,गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् ।








