जेष्ठ १९,२०८३ / ०१ : ४० पूर्वान्ह / 2026-06-02 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      उखु बोकेर माइतीघरमा धर्ना बसे किसान

      - एक हप्ता अगाडि
      भाद्र ८,२०८२

      काठमाडौं,गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् । उखु किसान महासङ्घको नेतृत्वमा देशका विभिन्न जिल्लाबाट आएका किसानहरूले आजदेखि माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका हुन् ।

      सरकारले नयाँ बजेटमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने व्यवस्था हटाएछि किसानमाथि अन्याय भएको हो भन्दै उनिहरुले आन्दोलन गरेका हुन् ।

      प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

      आफ्ना माग पूरा गराउन किसानहरूले काठमाडौँमा सात दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

        सम्बन्धित समाचारहरु