जेष्ठ १९,२०८३ / ०२ : २० पूर्वान्ह / 2026-06-02 02:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      ब्रह्माकुमारीको रक्तदानमा ११ हजार पिन्ट संकलन

      - ९ महिना अगाडि
      भाद्र १०,२०८२

      काठमाडौं, ब्रह्माकुमारी संस्थाका पूर्वप्रमुख प्रशासक राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा विश्वव्यापी रक्तसंकलन अभियान सञ्चालन गरिएको छ ।

      उक्त अभियानले विश्वभरबाट १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिइएको छ । हालसम्म नेपालबाट ११ हजार ९१६ पिन्ट रगत संकलन भएको अभियानसम्वद्ध रमेश आचार्यले जानकारी दिएका छन् ।

      विभिन्न स्थानमा रहेका ब्रह्माकुमारी शाखाले विभिन्न संघ–संस्था र सामाजिक निकायसँग सहकार्य गर्दै सुरु गरेको रक्त संकलन अभियानले १०० घण्टाभित्र १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको छ ।

      भदौ ६ देखि ९ गतेसम्म जारी अभियानअन्तर्गत नेपालमा अपेक्षित सफलता हासिल भएको हो ।

        सम्बन्धित समाचारहरु