शिक्षा
hello
चर्को शुल्क लिने विद्यालयलाई कारबाही गरिने
काठमाडौँ, प्रमुख तीन विद्यार्थी संगठनले निजी विद्यालयले लिएको चर्को शुल्क खारेज गर्न माग गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाउँदै
ल क्याम्पसमा तालाबन्दीबाट भर्ना अवरुद्ध
अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित,अब परीक्षा कहिले अनिश्चित
भक्तपुर, शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर परीक्षा स्थगित गर्नुपरेको आयोगका अध्यक्ष ताना गौतमले बताउनुभयो ।
सार्वजानिक विद्यालयमा निशुल्क पाठ्यपुस्तक वितरण,सरकारले २ अर्ब २२ करोड रुपैयाँ अनुदान स्थानीय तहमा पठायो,
काठमाडौं, सरकारले सार्वजानिक विद्यालयका विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड रुपैयाँ अनुदान स्थानीय तहमा पठाएको छ । वैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न सो रकम स्थानीय तहमार्फत विद्यालयमा पठाएको हो ।
शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने ः शिक्षामन्त्री
काठमार्डौ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र
संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन
बनाउने बताउनुभएको छ ।
शिक्षामा व्यापक सुधार आवश्यक : मन्त्री पोखरेल
महोत्तरी, नेपालमा शिक्षा अव्यवस्थित रहेकोले यसमा व्यापक सुधार गर्नु पर्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए । शुक्रवारमात्र शिक्षा मन्त्रीको पदभार ग्रहण गरेका पोखरेलले नेपालमा अधिकांश सामुदायिक विद्यालयको भौतिक पुर्वाधार र शिक्षा स्तर खस्कँदै गएकोले यसमा व्यापक सुधारको आवश्यकता रहेको र आफु यस प्रति गम्भिर रहेको उनले बताए ।
शिक्षकलाई बन्दुक !
काठमाडौं - पटक पटक विद्यालयमा बन्दुकधारीले आक्रमण गरेर विद्यार्थीको हत्या गर्न थाले पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षकहरुलाई बन्दुक राख्न दिने प्रस्स्तावको समर्थन गरेका छन् ।
ह्वाइट हाउसमा भएको बन्दुक आतंक सम्बन्धी कार्यक्रममा विद्यालय वरपर बन्दुक माथि प्रतिबन्ध लगाउने र शिक्षकहरूलाई हतियार राख्न दिने पक्षमा उनले समर्थन जनाएका विविसिले जनाएको छ ।