जेष्ठ १,२०८३ / ०४ : ३१ पूर्वान्ह / 2026-05-15 04:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      छुटेका विद्यार्थीलाई फाराम भर्ने मौका

      - ८ वर्ष अगाडि
      चैत २२,२०७४
      भक्तपुर,  राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख÷जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन ः फारम भर्न अन्तिम मौका दिएको छ । 

      परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीले दोब्वर दस्तुर तिरेर आगामी चैत्र २५ गतेभित्र पुनः बुझाउन मौका दिइएको हो ।

      देशभर ५५८ विद्यार्थीले परीक्षा फारम भर्न छुटाएपछि दोब्बर दस्तुर र जरिवाना तिरेर भर्न पाइने व्यवस्था गरिएको छ ।
      परीक्षाका लागि देशभर गत वर्षभन्दा ५७ परीक्षा केन्द्र थप गर्दै बोर्डले एक हजार ४९ केन्द्र निर्धारण गरेको छ । आगामी वैशाख १४ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेबाट कक्षा ११ को परीक्षा सुरु हुनेछ । 

      परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता हुनेछ ।


        सम्बन्धित समाचारहरु