वैशाख १७,२०८३ / ०५ : ०४ पूर्वान्ह / 2026-04-30 05:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      शेयर बजार निरन्तर ओरालो

      ७ वर्ष अगाडि

      नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै आज पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ । 

      दशैँका लागि विमानका टिकट १५ दिन अगावै सकिए

      ७ वर्ष अगाडि

      दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ । 

      शेयर बजार दोहोरो अङ्कले घट्यो

      ७ वर्ष अगाडि

      अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर एक हजार २५६.७१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक समेत २.१४ बिन्दुले घटेर २६७.०९ बिन्दुमा पुगेको छ । 

      शेयर बजार : तीन अर्ब बढीको कारोवार

      ७ वर्ष अगाडि

       धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ । कारोवार रकम गत साताको भन्दा २६ दशमलव शुन्य दुई प्रतिशतले बढी हो । गत साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर खरीद बिक्री भएको थियो । 

      पुनः निर्माणका लागि सहयोग बोलीमा मात्रै, चिन र भारतले नै ढाँटे

      ७ वर्ष अगाडि

      ७२ सालको भूकम्पपछि धेरै देशले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने घोषणा गरे पनि साढे ३ वर्षमा न्यून रकम मात्र देशले पाएको छ । दाता राष्ट्रहरूले प्रतिबद्धता गरेअनुसार रकम उपलब्ध नगराउँदा पुनर्निर्माण प्रभावित भएको छ ।

      ट्रम्पको निर्णयले अमेरिकन उद्योगीहरु चिन्तित

      ७ वर्ष अगाडि

      ल तथा आल्मुनियमको आयातमा थप भन्सार लगाउने डोनाल्ड ट्रम्पको निर्णय सगै अटो उद्योगीहरु चिन्तित हुन थालेका छन् । 

      पर्यटक लोभ्याउँदै राइनासकोट होमस्टे

      ७ वर्ष अगाडि

      भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोटका घर पुनःनिर्माण गरिएपछि पर्यटकको मुख्य गन्तव्य बनेको छ । पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएको छ । सबै घरबासमा गरी एक दिनमा ४५ जनासम्म पर्यटक राख्ने क्षमता रहेको घरबास सञ्चालक खड्कबहादुर गुरुङले बताए । 

      चाडपर्वको मुखमा चिनीको मूल्य २० रुपैयाँ बढ्यो

      ७ वर्ष अगाडि

      चाडपर्वको मुखमा सरकारले चिनीमा कोटा प्रणाली लागू गरेपछि त्यसको मूल्यवृद्धि र कालोबजारी हुने सम्भावना बढेको छ । मन्त्रिपरिषद्को बैठकले २०७५ सालमा एक लाख मेट्रिक टन चिनी मात्र आयात गर्ने कोटा तोकेपछि त्यसको स्वागत उद्योगपतिहरूले गरे पनि उपभोक्ता विश्वस्त हुन सकेका छैनन् । 

      घर बनाउन नसकेका लाभग्राहीलाई सहुलियतपूर्ण कर्जा, पाँच वर्षका लागि तीन लाखसम्म लिन सकिने

      ७ वर्ष अगाडि

      राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् । 

      भृकुटीमण्डवमा ‘स्टक क्लियरेन्स मेला’ सुरु

      ७ वर्ष अगाडि

      काठमाडौंको भृकुटीमण्डवमा ‘स्टक क्लियरेन्स मेला’ सुरु भएको छ । दसैंको अवसर पारेर ‘स्टक क्लियरेन्स मेला’ आयोजना गरिएको हो । 

          • param d d