आर्थिक
१ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ
विराटनगर भन्सार कार्यालयबाट सशस्त्र प्रहरी बलले १ करोड ९ लाख ७९ हजार भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
६ महिना ठूला होटल बन्द हुने, यस्तो छ कर्मचारीलाई सेवाशुल्कको व्यवस्था
ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो ।
नेपाल टेलिकमको सस्तो डाटा प्याक , रु. ५०० मा १५ जिबी डाटा
विशेष ई–शिक्षा प्याकेज अन्तर्गत रु. २६० मा ६ जिबी र रु. ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ ।
श्रमिकले वैशाखको पूरै तलब पाउने
लकडाउनका कारण निकै समस्यामा परेका औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् ।
दक्षिण एसियामा २२ प्रतिशत रेमिट्यान्स घट्ने
विश्व बैंकले सन् २०२० मा दक्षिण एसियामा २२ प्रतिशत अर्थात् १०९ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स घट्ने प्रक्षेपण गरेको छ ।
सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने
नेपाली सेनाले सरकार–सरकार (जीटुजी) प्रक्रिया अनुसार भारतबाट एक करोड ५० लाख भारतीय रुपैयाँ अर्थात् (दुई करोड ४० लाख नेपाली रुपैयाँ) बराबरको औषधि खरिद गर्न लागेको छ ।
(कोभिड-१९) राहत कोषमा एभरेष्ट बैंकद्वारा एक करोड २ लाख सहयोग
(कोभिड-१९) राहत कोषमा एभरेष्ट बैंकले कोरोना एक करोड २ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो क्षेत्रीय कार्यालयहरु मार्फत सबै सात प्रदेशका प्रत्येक प्रदेश सरकारहरुलाई ६ लाख रुपैयाँ गरी ४२ लाख र केन्द्रिय सरकारलाई ६० लाख रुपैयाँ गरी उक्त रकम हस्तान्तरण गरेको हो ।
लकडाउन थपिएसंगै अन्डा बिक्री नहुँदा व्यवसायी मारमा
उत्पादित अन्डा बिक्री नहुँदा व्यवसायी चिन्तित भएका छन् । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउनले निरन्तरता पाउँदा अन्डा बिक्री नभएपछि व्यवसायी चिन्तित भएका हुन् ।
लकडाउनमै नयाँ ग्यास उद्योग संचालनमा
लकडाउनकै समयमा ४० करोड लगानीको नयाँ ग्यास उद्योग संचालनमा आएको छ। धादिङको धुनिवेशी नगरपालिका पिपलबोटमा स्थापना भएको सीता श्री ग्यास उद्योगले ग्यास बिक्री गर्न थालेको हो।
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने
राष्ट्रपति ट्रम्पले डब्लुएचओको भूमिकाको समीक्षा गर्दा प्रभावकारी काम गर्न असफल देखिएकोले सहयोग रोक्ने निर्णय गरेको बताए।








