आर्थिक
लकडाउनमै कर तिर्न ताकेता, व्यवसायी त्रसित
लकडाउन जेठ ३२ गतेसम्म निरन्तरता दिएको सरकारले कर भने जेठ २५ गतेभित्र तिर्न ताकेता गरेको छ । लकडाउन सुरु भएपछि आर्थिक कारोबार ठप्पप्राय:छ । दाल, चामल, औषधिलगायत ४४ प्रकारका उद्योग सञ्चालन गर्न अनुमति दिए पनि प्राय: उद्योग व्यवसाय बन्द छन् ।
विदेशी लगानीका १६ कम्पनीले लगे १० अर्ब लाभांश
विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन्। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीका कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन्।
त्रिभुवन विमानस्थलको धावनमार्ग थप ३ सय मिटर विस्तार, अन्तरराष्ट्रियतर्फ १५ जहाज क्षमताको पार्किङ
देशकै एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३ सय मिटर कायम गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप ३ सय मिटर विस्तार गरिएको हो ।
बजेटमा विद्युत् : एक हजार तीन सय मेगावाट थपिने
आगामी आर्थिक वर्षमा थप एक हजार तीन सय मेगावाट ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने योजनाका साथ आगामी वर्षको बजेट सार्वजनिक भएको छ ।
आर्थिक वर्ष २०७७/७८ : १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन (पूर्णपाठसहित)
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।
महत्वपूर्ण कुन कुन क्षेत्रमा कति बजेट विनियोजन भयो हेर्नुहोस्
सरकारले आगामी आर्थिक वर्ष २०७७ ७८ का लागि नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट विनियोजन,कोरोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब
अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८ को आर्थिक बजेट पेश गर्दै स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब विनियोजन गरेको बताएका छन् ।
संसद्मा आज बजेट प्रस्तुत : कोभिड–१९ न्यूनीकरणका लागि बजेट केन्द्रित गर्दै सरकार
नेपाल सरकारले आर्थिक वर्ष २०७७ /७८ को वार्षिक बजेट आज सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
एडीबीले नेपाललाई दियो ३० अर्ब सहुलियत ऋण
एसियाली विकास बैंकले नेपालको कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।
६ अर्ब भन्दा बढीको धूलो दूध र बटर डम्प
निजी डेरी र सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को गरी ६ अर्ब रुपैयाँभन्दा बढी मूल्यको धूलो दूध र बटर डम्प भएको छ ।








