काठमाडौं, लकडाउनकै समयमा ४० करोड लगानीको नयाँ ग्यास उद्योग संचालनमा आएको छ। धादिङको धुनिवेशी नगरपालिका पिपलबोटमा स्थापना भएको सीता श्री ग्यास उद्योगले ग्यास बिक्री गर्न थालेको हो। निगमका अनुसार यो उद्योगले आइतबार ग्यास बिक्रीका लागि अनुमति पाएको हो।
सीता केयर पेट्रोलियम व्यवसायी सीताराम तिमिल्सिनाको उद्योग हो।उद्योगका संचालक तिमिल्सिनाले नेपाल आयल निगमबाट आइतबार बिक्री वितरणका लागि अनुमति पाएको बताउँदै सोमबारबाट ग्यास बिक्री सुरु गरेको बताए।








