आर्थिक
एटीएमबाट मासिक ४ लाखभन्दा बढी निकाल्न नपाइने
काठमाडौँ, ग्राहकले एटीएम कार्डबाट मासिक ४ लाख रुपैयाँभन्दा बढी रकम निकाल्न नपाउने भएका छन् । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो ।
२० करोडको स्वदेशी स्यानिटाइजर खपत
स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो।
पानीको मूल्यमा संसदीय समितिले थाल्यो छानबिन
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानीको मूल्य बढाउने निर्णय गरेसँगै संसदीय समितिले चासो दिएको छ ।
तरकारीको मूल्यमा मनोमानी : एकै ठाउँका पसलमा किलोमै १० देखि २० रूपैयाँ फरक
सर्वसाधारणले दैनिक उपभोग गर्ने तरकारीको मूल्य पसलैपिच्छे फरक रहेको सरकारी अध्ययनले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बिहीबार उपत्यकाका विभिन्न ३३ वटा तरकारीका खुद्रा पसल निरीक्षण गर्दा यस्तो भेटिएको हो ।
पीसीआर परीक्षणमा मात्रै ३ अर्ब १८ करोड खर्च, १ संक्रमित भेट्न १ लाख ४ हजार
५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ ।
बैंकका एउटा शाखा मात्रै खुल्ने
काठमाडौं उपत्यकामा एउटा बैंकले हरेक जिल्लामा एउटामात्रै शाखा खोल्ने भएका छन् । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएपछि आंशिक शाखा सञ्चालन गर्ने योजना अघिसारेका बैंकले बिहीबार प्रहरी अवरोधपछि अघिकांश शाखा बन्द गरेका थिए ।
ब्याजदर घटाउने प्रतिस्पर्धामा बैंकहरू
नेपाल बैंक लिमिटेडले २ हप्ताअघि ५ वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक गर्यो । घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घर कर्जासमेत स्वाप गर्ने सुविधाका अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजना पनि ल्याएको छ ।
चाँदीमा लेप लगाएर १६ केजी सुनको पैसा ठगी
कुख्यात जाली नोट तस्कर इल्ताफ हुसेन अन्सारी र भारतीय चलचित्र निर्माता निलेश सखियाले नक्कली सुन दिएर १६ केजी सुन बराबरको पैसा ठगी गरेको खुलासा भएको छ । बाराको निजगढबाट बिहीबार पक्राउ परेका इल्ताफले निलेशको योजनामा सुनको पैसा लुटिएको खुलाएका हुन् ।
सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ घट्यो
आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँ घटेर एक लाख दुई हजार ६०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको हो ।








